७ श्रावण २०७६, मंगलवार

बिराटनगरमा आयोजना भएको मिस्टर एण्ड मिस टिन पुर्वान्चल फिनाले तस्बिरमा !

बिराटनगर असार ६ ,
बिराटनगरमा मिस्टर एण्ड मिस टिन पुर्वान्चल २०१९ को फिनाले सम्पन्न भएको छ  । बिराटनगरको बिरेन्द्र सभा गृहमा आयोजना गरिएको फिनालेमा मिस्टर टिन र मिस टिन घोषणा भएको थियो  ।

कार्यक्रममा मिस टिनको उपाधि अनुज्ञा गौतम , पहिलो रनरअप शाक्षी प्रधान , दोस्रो रनरअप स्नेहा खरेल , त्यसैगरी पब्लिक च्वाइस अवार्ड अर्तिमा बस्नेतले जित्न सफल भएकी थिइन्  ।यता , मिस्टर टिन तर्फ पब्लिक च्वाइस अवार्ड र बिजेता अर्नब दत्त , पहिलो रनरअप आर्य थापा , दोस्रो रनरअप रिजन रेग्मीले जित्न सफल भएका थिए ।

फिनालेको निर्णायकको रुपमा मुख्य निर्णयक फेशन डिजाइनर उत्तम बनेपाली श्रेष्ठ , नायिका रेश्मा घिमिरे , मोडल विकल्प राज श्रेष्ठ , ब्यापारी स्वतन्त्र प्रताप शाह , मिस ग्राण्ड नेपालका निर्देशक राम केसी रहेका थिए । कार्यक्रम संचालन मिस नेपाल २०१० सदिक्षा श्रेष्ठले गरेकी थिइन् ।
तस्बिरमा हेर्नुहोस :
तस्बिर सौजन्य : खिचिक्क 

 

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस