ओवी समाचार प्रभाव ः विराटनगरमा दिउँसै मापसे गरी सवारी साधन चाउने चलाकमाथी मुद्धा दायर

ओवी समाचार प्रभाव ः विराटनगरमा दिउँसै मापसे गरी सवारी साधन चाउने चलाकमाथी मुद्धा दायर

प्रेम देवान
विराटनगर ६ असार । विराटनगरको सडकमा दिउसै मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने एक सवारी चालकलाई अवद्र व्यावहार सम्बन्धीको प्रहरी मुद्धा दायर गरेको छ ।
विराटनगर १० स्थित संसारीमाई स्थान छेउ अर्किड कलेज अगाडी दिउसै मादक पदार्थ सेवन गरी जथाभावी गाडी हाक्दै हिड्ने चालकलाई मुद्धा दर्ता गरेको प्रहरीले जनाएको छ ।
अत्याधिक मादक पदार्थ सेवन गरी सवारी चलाएर गाडी घारीमा पल्टाउने सिन्धुली कमलामाईका ४५ वर्षिय धन बहादुर मगरमाथी मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका मगरलाई मुलुकी फौजदारी ऐन २०७४ अन्र्तगत अवद्र व्यावहार सम्बन्धी सार्वजनिक मुद्धा दायर म्याद थप गरिएको डिएसपी श्रेष्ठले बताउनुभयो ।
मगरले चलाउदै आएको बा १२ च ६१७४ नम्बरको भ्यान घारीमा पल्टीएको थियो । सडकमा जताततै सवारी कुदाउदै गरेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । उनले कुदाएको सवारीले विराटनगर ४ बस्ते शुशिल घिमिरेलाई सामान्य ठक्कर दिएको थियो । उत्त सवारी ओम ताओविरो ईन्डष्ट्रिज परवानीपुर बाराको रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्