विश्वकप अपडेट :रोमाञ्चक खेलमा उपाधिको दाबेदार मानिएको इङ्ल्यान्ड श्रीलंकासंग पराजित

<span class='c1'>विश्वकप अपडेट :रोमाञ्चक खेलमा उपाधिको</span> <span class='c2'>दाबेदार मानिएको इङ्ल्यान्ड श्रीलंकासंग पराजित</span>

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले आयोजक तथा उपाधि दाबेदार टोली इङ्ल्यान्डलाई पराजित गरेको छ ।

लिड्समा गएराति भएको खेलमा श्रीलंकाले उपाधि दावेदार इङ्ल्यान्डलाई २० रनले पराजित गरेको हो । श्रीलंकाको जितमा लासिथ मालिंगाले एक्लै चार विकेट लिए ।

श्रीलंकाले दिएको २ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टोली इङ्ल्यान्डले ४७ ओभरमा मात्र २ सय १२ रन जोड्दा अलआउट भयो ।

इङ्ल्यान्डका लागि बेन स्टोक्सले अविजित ८२ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै जोय रुटले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।

इङ्ल्याण्डलाई सस्तैमा समेट्न श्रीलंकाका लागि मालिंगाले १० ओभर बलिङ गर्दै ४३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै धनन्जय डी सिल्भाले ३ तथा इसुरु उडानाले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३२ बनाएको थियो ।

श्रीलंकाका एन्जेलो म्याथ्युजले अविजित रहँदै सर्वाधिक ८५ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै अभिस्का फर्नान्डोले ४९, कुशल मेण्डिसले ४६ तथा धननन्जय सिल्भाले २९ रन बनाए । यो हारसँगै इङ्ल्यान्डले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

इङ्ल्यान्डले ६ खेलबाट ८ अंक जोडेको छ । प्रतियोगितामा दोस्रो हार बेहोरेको इङ्ल्याण्ड तेस्रो स्थानमा छ ।

इङ्ल्यान्डलाई हराएसँगै श्रीलंकाले शीर्ष चारमा पुग्ने सम्भावना कायम राखेको छ । श्रीलंकाले ६ खेलबाट ६ अंक जोडेको छ र तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदै छन् । नेपाली समयअनुसार दिउँसो सवा ३ बजे भारत र अफगानिस्तान भिड्दा साँझ सवा ६ बजे सुरु हुने अर्को खेलमा न्यूजिल्यान्ड र वेस्ट इन्डिज खेल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्