कर्णाली नदिमा गाउँपालिकाका उपाध्यक्ष सहित ११ जना बेपत्ता जीप अझै भेटिएन

कर्णाली नदिमा गाउँपालिकाका उपाध्यक्ष सहित ११ जना बेपत्ता जीप अझै भेटिएन

काठमान्डौ ७ असार । असार ३ गते मंगलबार खार्पुनाथ गाउँपालिका ५ को बेडुबीसुना जिउला र कैल्याबालुको बिचमा पर्ने बालु बिसौना सडकबाट जिप कर्णाली नदीमा दुर्घटना भएर बेपत्ता भएको जीप र यात्रुहरुको खोजीका लागि हुम्ला पुगेको गोताखोरको टोली रित्तो हात फिर्ता भएको छ ।
नदीमा पानीको बहाब बढी हुनु, पानी धमिलो हुनु र पानीसंगै ढुङ्गा, माटो र बालुवा पनि बगाएर ल्याउँदा खोजी गर्न कठिन भएपछि उक्त टोलीले केही पनि पत्ता लगाउन सकेन । घटनास्थलमा पुगेको बिशेषज्ञ गोताखोरको टोलीले तीन दिनदेखि घटनास्थलबाट एक किलो मिटर दुरीसम्म खोजीकार्य गर्दा पनि केही पत्ता नलागेपछि फर्किएको हो । सशस्त्र प्रहरी बल बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट आएको सो गोताखोरको टोली शुक्रबारै फिर्ता पठाइएको प्रखुम जिल्ला अधिकारी धोलकराज ढकालले बताए ।

बेपत्ता भएको ३ दिन सम्म पनि पत्ता नलागे पछि बेपत्ता भएकाहरु का आफन्तले पराल र कुसको पुत्ला बनाई अन्तेस्टी गरेपछि अब अरु खोजीको कुनै अन्य बिकल्प नभएको समेत प्रखुम जिल्ला अधिकारी ढकालले बताए ।
गोताखोरको टोली आयो अब बेपत्तत्रा भएकाहरु भेटीने भए भने जुनकिसिमको स्थानियलाई बिश्वास थियो । गोताखोरले खोज्दा पनि नभेटीदा बेपत्ताह? पाउने एउटा आशा पनि निराशामा परीणत भएको छ । अब गोताखोर टोलीले नै केही गर्न नसके पछि अब खोजीका अन्य कुनै उपाय नै नभएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए ।
अहले सम्म राष्ट्रिय सडक संजालसंग नजोडिएको जिल्ला हुम्लामा स्थानीय स्तरमा सञ्चालित सडकमा यातायात संचालन गर्नका लागि हेलीकप्टरबाट ल्याईएको लु १ ज ७१६६ नम्बरकको बोलेरो जीप गाउँपालिकाको खार्पुबाट पालिका केन्द्र याङ्चुमा यात्रु ओसार्ने क्रममा बेडुबिसौना र कैल्याबालु क्षेत्रको बालु बिसौनीमा कच्ची सडकबाट कर्णाली नदीमा खसेको हो ।
जीप कर्णाली नदीमा खस्दा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सहित ११ जना बेपत्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्