विराटनगरको विराट नर्सिङमा चेलिमायाको मृत्यु, डाक्टरको लापारवाहीबाट मृत्यु भएको परिवारको आरोप

विराटनगरको विराट नर्सिङमा चेलिमायाको मृत्यु, डाक्टरको लापारवाहीबाट मृत्यु भएको परिवारको आरोप

विराटनगर ७ असार । उपचारको क्रममा विरामीको मृत्यु भएपछि विराटनगर २ मा रहेको बिराट नर्सिङ होममा तनाव भएको छ ।
बिराटचोककी चेलिमाया प्रसाईको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकले लापरवाही गरेको भन्दै प्रदर्शन गरेपछि अस्पतालमा तनाव भएको हो । उपचारको क्रममा भएको लापरवाहीले चरीमायाँको ज्यान गएको मृतकका आफन्तको दावी गरेका छन् । अस्पतालमा प्रसाईको पाठेघरको नशा खुम्चने समस्याको शल्यक्रिया गरिएको थियो । चरिमायाको डाक्टर ज्ञानेन्द्रमान सिह कार्कीको टिमले शल्यक्रिया गरेका थिए ।
यता अस्पताल प्रशासनले भने उपचारमा कुनै पनि लापरवाही नगरेको दावी गरेको छ । अहिले अस्पताल प्रशासन र विरामीका आफन्त विच आन्तरिक छलफल भईरहेको छ ।
चरिमायाको केहीदिनअघि अस्पतालमा शल्यक्रिया गरिएको थियो । बिहीबारदेखि अवस्था खराव हुँदै गएपछि उनलाई आईसीयुमा राखेर उपचार गरिएको अस्पतालले जानकारी दिएको छ । अस्पतालमा विरामीका आफन्तले केहीवेर नारवाजी समेत गरेका थिए । अस्पतालमा अन्य तनाव उत्पन्न हुन नदिन मोरङ प्रहरीले बाक्लो मात्रामा प्रहरी परिचालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्