अप डेट ः विरामीको मृत्यु भएको भन्दै सडक अवरोध गराउन खोज्न ५ जना प्रहरीको नियन्त्रणमा

<span class='c1'>अप डेट ः विरामीको मृत्यु भएको भन्दै सडक</span> <span class='c2'>अवरोध गराउन खोज्न ५ जना प्रहरीको नियन्त्रणमा</span>

विराटनगर ७ असार । उपचारको क्रममा विरामीको मृत्यु भन्दै विरामीका आफन्तले अस्पताल परिसरमा चर्को नारावाजी गर्दै सडक अवरोध गर्न खोजेका छन् ।


विराटनगर २ मा रहेको बिराट नर्सिङ होममा बिराटचोककी चरीमाया प्रसाईको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकले लापरवाही गरेको भन्दै विहानैदेखि प्रदर्शन गर्दै आएका छन् । धरान विराटनगर सडक खण्डमा टायर वालेर अवरोध गर्न खोज्ने ५ जनालई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।


अस्पतालमा प्रसाईको पाठेघरको नशा खुम्चने समस्याको शल्यक्रिया गरिएको थियो । चरिमायाको डाक्टर ज्ञानेन्द्रमान सिह कार्कीको टिमले शल्यक्रिया गरेका थिए ।

तस्विर सौजन्य ः राकेश कर्ण

यता अस्पताल प्रशासनले भने उपचारमा कुनै पनि लापरवाही नगरेको दावी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्