विराटनगरका शिक्षादिप, अरनिको र मेरिल्याण्ड कलेज अर्को सफलता, काठमाडौमा सम्मान

<span class='c1'>विराटनगरका शिक्षादिप, अरनिको  र मेरिल्याण्ड</span> <span class='c2'>कलेज अर्को सफलता, काठमाडौमा सम्मान</span>

विराटनगर, ७ असार । विराटनगरमा रहेको शिक्षादिप कलेज, अरनिको कलेज र मेरिल्याण्ड कलेजले फेरी अर्को सफलता हात पारेका छन् ।

फोकस नेपालले शिक्षा तर्फ प्रदेश १ बाट यी तीन कलेजलाई सेवा सम्मान प्रदान गरिएको हो । शिक्षादिप ,अरनिको र मेरिल्याण्ड कलेजले शिक्षा सेवा सम्मान प्राप्त गरेका छन् । काठमाण्डौंमा आज फोकस नेपालले एक कार्यक्रमको आयोजना गरेर तीनै कलेजका प्रिन्सिपललाई पूर्व प्रधानमन्त्री माधव नेपालले शिक्षा सेवा सम्मान प्रदान गरेका हुन् ।

देशमा उत्कृष्ट शिक्षा प्रदान गर्दै आएका भन्दै ४ हजार ८ सय कलेज मध्ये प्रदेश १ बाट विराटनगरका शिक्षादिप ,अरनिको र मेरिल्याण्ड कलेजले कलेजलाई फोकस नेपालले सम्मान गरेको हो । शिक्षादिपका तर्फबाट कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडका ,अरनिकोका तर्फ कलेजका प्रिन्सिपल राजेश कार्की र मेरिल्याण्डका तर्फ कलेजका संस्थापक भेषराज पोखरेलले सम्मान ग्रहण गरेका थिए ।

कार्यक्रम सम्मान पछि बोल्दै हिसान मोरङका अध्यक्ष राजेश कार्कीले यस सम्मानले विराटनगर प्रदेश १ को राजधानी मात्र नभइ शिक्षाको पनि राजधानी भएको दाबी गरे । उनले सम्मानले थप हौसला बढाएको बताए । त्यस्तै शिक्षादिप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले यस सम्मानले अव विराटनगर शैक्षिक हव भएको बताए ।
अव प्रदेश १ का सवै कलेजलाई देशभरिको उत्कृष्ट कलेज बनाउने अभियानमा लाग्ने हिसान मोरङका सल्लाकार समेत रहेका खडकाले बताए ।

गरि पर्यटन क्षेत्रमा उत्कृष्ट गरेवापत विराटनगर–९ मा रहेको स्वागतम होटलका सञ्चालक राजन श्रेष्ठसमेत सम्मानित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्