विश्वकप एकदिवसीय क्रिकेट : आज दक्षिण अफ्रिका र पाकिस्तान भिड्दै

विश्वकप एकदिवसीय क्रिकेट : आज दक्षिण अफ्रिका र पाकिस्तान भिड्दै

काठमाडौं असार ८ । आईसीसी विश्वकप एकदिवसीय क्रिकेटमा आज दक्षिण अफ्रिका र पाकिस्तान भिड्दैछन् ।

खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजेदेखि सुरु हुनेछ । पाँच खेलबाट एक जित र एक खेल वर्षाका कारण रद्द भएपछि पाकिस्तान तीन अंकसहित तालिकाको नवौं नम्बरमा छ भने ६ खेलबाट तीन अंक जोड्दै दक्षिण अफ्रिका आठौं नम्बरमा छ ।

दक्षिण अफ्रिकाको सेमिफाइनल यात्रा निकै कठिन छ भने आजको खेलमा पराजित भए पाकिस्तानको समेत आगामी यात्रा कठीन हुनेछ । लर्डसको मैदानमा सन् २०१८ को जुलाईपछि पहिलोपल्ट एकदिवसीय खेल आयोजना हुँदैछ । आजको खेलमा लण्डनमा आंशिक बदली हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्