विराटनगर, ८ असार ।
मोरङको कानेपोखरी गाउँपालिका–७ छधारेमा आज बिहान बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ७२०४ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको साईकललाई ठक्कर दिँदा साईकल यात्री मोरङकै सुनवर्षी नगरपालिका–२ का ३० बर्षीय भिम मोचीको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । मृतक मोचीको शव पोष्टमार्टमको लागि मंगलवारे अस्पताल पठाएको र बस चालक प्रहरी चौकी कानेपोखरीले नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।