विराटनगरका उद्योगी ब्यवसायीले भने, ‘न्यायका लागि बर्षौ पर्खिनु पर्ने बाध्यताको अन्त्य होस्’

<span class='c1'>विराटनगरका उद्योगी ब्यवसायीले भने, ‘न्यायका लागि</span> <span class='c2'>बर्षौ पर्खिनु पर्ने बाध्यताको अन्त्य होस्’</span>

विराटनगर, ९ असार । उद्योगी व्यसायीले न्यायको फैसला हुन वर्षौसम्म पर्खनु पर्ने अवस्थाको अन्त्य गरी छिट्टै न्याय सम्पादन हुने व्यवस्था गर्न अनुरोध गरेका छन् ।

कतिपय अवस्थामा अदालतबाट आदेश जारी भईसक्दापनि अदालतको आदेशको अवमुल्यन हुने भएको हुदा यस अवस्थाको अन्त्य गर्न न्यायलय लाग्नु पर्ने सुझाव दिएका हुन् । उद्योग संगठन मोरङ, उच्च अदालत विराटनगर र मोरङ व्यापार संघको आयोजनामा न्यायीक वा≈य पहु“च छलफलमा यस्तो सुझाव दिएका हुन् ।
उच्च अदालतले पहिलो पटक यसरी कार्यक्रम आयोजना गरेको हो । उद्योग संगठनका अध्यक्ष भीम घिमिरेले न्यायलयबाट स्वतन्त्र, स्वच्छ न्याय हुनु पर्ने कुरामा जोड दिए । न्यायलय न्यायको मन्दिर भएकोले सवैको न्यायलयमा पहु“च सरल हुनु पर्नेमा बताए ।
मुख्य न्यायधिस शिबराज अधिकारीले अदालत कुनै छुट्टै निकाय नभएर न्यायमा सबैको पहुच पु¥याउन सरकारले स्थापना गरेको संस्था भएको बताए । उनले अदालतबाट प्रदान हुने सेवा र न्यायिक कार्यबिधी समेतको जानकारी गराउने उद्देश्यले उच्च अदालत विराटनगरले उद्योगी÷व्यवसायीका साथ छलफल आयोजना गरेको बताए ।
कार्यक्रममा उच्च अदातका माननीय न्यायधिसहरु, प्रमुख न्यायधिवक्ता चुण्डामणी आचार्य लगायत अधिवक्ताहरुका उद्योगी ब्यवसायीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्