विश्वकप क्रिकेट : पाकिस्तानसँग पराजित भएपछि दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरियो

विश्वकप क्रिकेट : पाकिस्तानसँग पराजित भएपछि दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरियो

काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानसँग पराजित भएपछि दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरिने दोस्रो टोली बनेको छ ।

गएराति इङ्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गर्‍यो ।

यो हारसँगै दक्षिण अफ्रिका विश्वकप क्रिकेटबाट बाहिरिने दोस्रो टिम बनेको छ । यसअघि लगातार ६ खेल हारेको अफगानिस्तान बाहिरिसकेको छ ।

लर्ड्स क्रिकेट मैदानमा पाकिस्तानले दिएको ३ सय ९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५९ रन मात्र बनाउन सक्यो ।

उसका लागि फाफ डु प्लेसिसले ६३ रन जोडे पनि टोलीलाई जिताउन सकेनन् ।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्न पाकिस्तानका शादब खान र वाहब रियाजले ३–३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ८ रन बनाएको थियो ।

पाकिस्तानका लागि हरिश सोहिलले ८९ रन जोड्दा बाबर आजमले ६९ रन बनाए ।

यो जितसँगै पाकिस्तानले शीर्ष चारमा रहँदै सेमिफाइनलमा पुग्ने सम्भावना जिवित राखेको छ ।

६ खेलबाट ५ अंक जोडेको पाकिस्तान अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । विश्वकप क्रिकेटमा आज अफ्गानिस्तान र बंगलादेश भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्