वेलवारीबाट दुईथान पेस्तोल सहित दुई जना पक्राउ, १४ राउण्ड गोली बरामद

वेलवारीबाट दुईथान पेस्तोल सहित दुई जना पक्राउ, १४ राउण्ड गोली बरामद

विराटनगर, ९ असार । प्रहरीले २ थान पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले बेलवारी नगरपालिका–४ स्कुल डाँडाबाट पेस्तोल सहित   सुन्दर–हरैँचा नगरपालिका–१२ वस्ने वर्ष ४३ को अशोक राई र कानेपोखरी गाउँपालिका–६ बस्ने बर्ष ३४ को कन्सा माझीलाई पक्राउ गरेको हो ।

को १७ प ४५८६ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई प्रहरीले २थान पेस्तोल सहित पेस्तोलको म्याग्जिन ४ थान र गोली १४ राउण्ड बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।   हतियार सहित पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्