मोरङबाट पक्राउ परेका विप्लवका सारथी बैंक र सुनचाँदी पसल लुटेरा !

मोरङबाट पक्राउ परेका विप्लवका सारथी बैंक र सुनचाँदी पसल लुटेरा !

विराटनगर, १० असार ।आइतबार मोरङ प्रहरीले बेलबारी स्कुलडाँडाबाट अशोक राई र सुदीप भनिने कंश धिमाललाई पक्राउ गर्‍यो । माओवादी केन्द्र हुँदै विप्लव समूहमा लागेका राईले पछिल्लो समय मोरङ जनपरिषद प्रमुखको जिम्मेवारी पाएका थिए ।

विस्फोटका घटनामा संलग्न भएका राई प्रहरीबाट जोगिन पछिल्लो केही दिनयता कानेपोखरी गाउँपालिका– ६ स्थित कंशको घरमा थिए । कंशसँगै को १७ प ४५८६ नम्बरको मोटरसाइकलमा बेलवारी–३ स्कुलडाँडामा चन्दा उठाउन आएका राई पक्राउ परेका हुन् ।

कंशको अपराधिक पृष्ठभूमि लामो छ । सामुदायिक वनमा धम्की दिएर चन्दा असुली, अपहरण, डकैतीजस्ता घटनामा संलग्न धिमालले विप्लव समूहमा प्रवेश गरेपछि असुलीलाई तिब्र बनाएका थिए ।

२०६७ सालमा दुईवटा लुटपाटको घटनामा संलग्न धिमाल दुई वर्ष अघि जेलबाट छुटेका थिए । जेलबाट निस्किएका उनले आफ्नो बानी सुधारेनन् । विप्लव समूहका जिल्ला तहका नेतासँग उठबस भएपछि उनले आफ्नो ठगी धन्दा बढाए ।

पूर्वी मोरङका सामुदायिक बन, पसल र व्यक्तिसँग चन्दा उठाउन सक्रिय रहेका धिमालले चन्दा दिन इन्कार गरे हतियार देखाएर धम्की समेत दिने गरेको प्रहरी स्रोत बताउँछ ।

मोरङका प्रहरी प्रमुख विश्व अधिकारी विप्लव समूहका नेताले धिमाललाई चन्दा संकलन गर्न प्रयोग गरेको बताउँछन् । दुई थान हतियार ४ थान म्यागजिन र दुई थान अटोमेटिक पेस्तोल घरमा लुकाएका धिमालको अपराधको साम्राज्य फैलदै गएको प्रहरी निश्कर्ष छ ।

इमान्दार देखिन धिमाल हतियार देखाएर मानिसलाई तर्साउने व्यक्ति रहेको प्रहरी बताउँछन् । हतियारसहित पक्राउ परेकाले उनलाई तत्कालका लागि हातहतियार मुद्दामा म्याद थप गरेको प्रहरीले धिमालका अन्य गतिबिधिको पनि अनुसन्धान गरिरहेको छ ।
प्रहरीले अपराधिक पृष्ठभूमिको खोजी गरिरहेको बताउँदै प्रहरी उपरीक्षक अधिकारीले अन्य अपराधिक घटनाको पनि अनुसन्धान गर्ने बताए ।

अपराधिक पृष्ठभूमिबाट आएका धिमाल विप्लव समूहमा लागेपछि राजनीतिक आस्थाको बन्दी बनेका छन् । तर प्रहरी उपरीक्षक अधिकारी धिमाल विप्लव समूहका कार्यकर्ता भन्दापनि अपराधिक प्रवृद्धिका व्यक्ति भएकाले आस्थाको बन्दी भन्न नमिल्ने बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्