विराटनगर, १० असार । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ शान्तिचोकमा प्रेसकुकर बम फेला परेको छ । प्रेसर कुकरमा राखिएको अबस्थामा बम भएको हुनसक्ने आशंका प्रहरीको छ । आज बिहान करिब साढे ३ बजेको समयमा बम राखिएको थाहा पाएपछि पुगेको प्रहरीले त्यहाँको जानकारी लिएको थियो । प्रेसरकुकरमा राखिएको बस्तु बम भएको हुनसक्ने भएपछि अहिले सो क्षेत्रमा नेपाली शेनाको टोली सो स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।