विश्वकपमा प्रतिष्ठाको खेल : आज इङ्ल्यान्ड र अष्ट्रेलिया भिड्दै

विश्वकपमा प्रतिष्ठाको खेल : आज इङ्ल्यान्ड र अष्ट्रेलिया भिड्दै

काठमाडौ । आईसीसी एकदिवसीय विश्वकप अन्तर्गत आज उपाधि दाबेदार मध्यका दुई टिम इङल्यान्ड र अष्ट्रेलिया आमने सामने हुँदैछन् । क्रिकेटको प्रतिष्ठित क्रिकेट मैदान लर्डसमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । जारी विश्वकपमा इङ्ल्यान्डले अहिलेसम्म ६ खेलमध्ये ४ खेलमा जित र २ मा हार व्यहोर्दै अंक तालिकामा ८ अंकसहित हाल चौथो स्थानमा रहेको छ ।

शुक्रबार आफ्नो पाँचौ खेलमा विश्वकपको कमजोर टिम श्रीलंकासँग पराजित हुन पुगेपछि इङ्ल्यान्डलाई आजको खेलमा लयमा फर्किनका लागि पनि निकै महत्वपूर्ण मानिएको छ । उक्त खेलमा इङ्ल्यान्ड श्रीलंकासँग २० रनले पराजित हुन पुगेको थियो ।
यस्तै इङ्ल्यान्ड पाकिस्तानसँग पनि १४ रनले पराजित भएको थियो भने दक्षिण अफ्रिकालाई १०४ रनले, बंगलादेशलाई १०६ रनले र वेस्ट ईण्डिजलाई ८ विकेटले पराजित गरेको थियो ।

यता अष्ट्रेलियाको भने केहि सहज देखिएको छ । ६ खेल खेलिसकेको अष्ट्रेलिया अहिले १० अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै विश्वकपमा सुरुवात गरेको अष्ट्रेलियाले दोस्रो खेलमा वेस्ट ईण्डिजलाई १५ रनले पराजित गरेको थियो । तेस्रो खेलमा भने अष्ट्रेलिया भारतसँग ३६ रनले निराश हुन पुगेको थियो ।

यसपछि आफ्नो लयमा फर्किने क्रममा अष्टेलियाले पाकिस्तानलाई ४१ रनले,श्रीलंकालाई ८७ रनले र बंगलादेशलाई ४८ रनले पराजित गरेको थियो । यस्तोमा आज हुने खेल दुवै टिमका लागि निकै महत्वपुर्ण रहेको मानिएको छ । विश्वकपको उपाधि दाबेदारका रुपमा रहेको यी दुई टिमको प्रदर्शन आफैमा प्रतिष्ठासँग पनि जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्