विराटनगर महानगरले बाँडेको पुरस्कारमा पत्रकार महासंघले भन्यो, ‘महानगरको अपारदर्शी कार्य’

विराटनगर महानगरले बाँडेको पुरस्कारमा पत्रकार महासंघले भन्यो, ‘महानगरको अपारदर्शी कार्य’

विराटनगर, १० असार ।
विराटनगर महानगरपालिकाले नगर सभामा ११ जना पत्रकारलाई सम्मानित तथा पुरस्केत गरिएको बारेमा नेपाल पत्रकार महासंघले भत्र्सना गरेको छ ।

नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल र सचिव अर्जुन आचार्यद्वारा जारी विज्ञप्तीमा असार १० गते विराटनगर महानगरपालिकाबाट दिईएको पुरस्कार एउटा भद्दा नाटक मात्र भएको उल्लेख गरिएको छ । ‘नेपाल पत्रकार महासंघ जस्तो गौरवशाली संस्थाको तेजोवध गर्ने षड्यन्त्रको रुपमा केही ब्यक्ति वा झुण्डको ईशारामा महानगरपालिकाबाट भएको यो अपारदर्शी कार्यको हामी घोर भत्र्सना गर्दछौँ’, विज्ञप्तीमा भनिएको छ ।
नगर सभाको क्रममा मोरङ, विराटनगरका ११ जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिउको सन्दर्भमा महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
विज्ञप्तीमा १ नम्बर प्रदेशको राजधानी विराटनगर जस्तो ऐतिहाँसिक महत्वको यदी कोही नागरिक वा पेशाकर्मी महानगरपालिकाबाट पुरस्कृत वा सम्मानित भईरहन्छ भने उसले के कति कारणबाट आफु सम्मानित भएको हो जान्न पाउने अधिकार हुन्छ भनिएको छ ।
पुरस्कार र सम्मान दिने निश्चित कार्यविधि पनि हुन्छ, के कति कारण र अबस्थाबाट आज हाम्रा केही गैर पत्रकार गरी ११ जना रातारात सम्मान तथा पुरस्कारका हकदार भए ? महासंघको प्रश्न छ ।

निर्णायक तहमा भएकै आधारमा आफुखुसी गोजीको सम्पती झै निगाहा र बक्सिस दिएजस्तो पत्रकार खुसीपार्ने नाममा विराटनगर महानगरपालिकाको तर्फबाट दिईएको पुरस्कारको बारेमा महासंघले भत्र्सना गरेको जनाएको छ ।
विराटनगर महानगरपालिकाले चोथो नगरसभाबाट ११ जनालाई पुरस्कृत गरेपछि महासंघको बिज्ञप्ती आएको हो । यसरी पुरस्कृत हुनेमा निर्मल ढुंगाना, धीरज दाहाल, ब्रम्हदेव यादव, गोपाल पोखरेल, यज्ञराज अधिकारी, सुशीला पाठक, विनोद सुवेदी, सत्यनारायण शर्मा, प्रेम देवान, अनिल श्रेष्ठ, हरि अधिकारीलाई पुरस्कृत गरेको थियो । उनीहरुलाई जनही १५ हजारका दरले पुरस्कृत गरिएको महानगरपालिकाले जनाएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्