विराटनगरमा यस्तो पनि चोरी : मोबाइल किनेर पैसा नतिरी बाईकमा फरार ।

विराटनगरमा यस्तो पनि चोरी : मोबाइल किनेर पैसा नतिरी बाईकमा फरार ।

विराटनगर, ११ असार ।
मंगलवार साँझ करिब ८ बजेको थियो । विराटनगरमा चहल पहल पातलिँदै थियो । बिराटनगरका मुख्य बजारहरुपनि साँझको ८ बजे पछि क्रमश बन्द हन्छन् अनी ९ बज्दा नबज्दै सुनसान देखिन्छन् । मंगलवार साँझ भने ८ बज्दै गर्दा भिड पातलिँदै थियो ।

विराटनगरको मुख्य बजारमा रहेको मोवाईल एण्ड मोवाईल पसलमा ग्राहकहरु आउने जाने क्रम चली नै रहेको थियो । पसल बन्द गर्नै लाग्दा आईपुगेका एक ब्यक्तिले मोवाईल देखाउन भने । पल संचालकले पनि भएको मोवाईल देखाए । ती ब्यक्तिले एमआई नोट सेभेन मोवाईल खरिदका लागि हेरेपछि बिल बनाउन आग्रह गरे ।

उनले बिलमा आफ्नो नाम भने निरज लिम्बु भनेका छन् । त्यही नामबाट बन्यो भ्याट बिल । तर उनले बिल त बनाउन लगाउ तर पैसा निकाल्न मानेनन् । उनी पैसा लिएर आउँछु भन्दै मोवाईल हातमा बोकेर त्यहाँबाट पसलको बाहिर पट्टी निस्किए । उनी बाहिर निस्किन साथ एउटा पल्सर मोटरसाईकल आएर उनलाई उठाएर लिएर गयो । पल्सर चढेर भागेका उनलाई पसल संचालक सुमित जैसवाल सहितका कर्मचारीहरुले खोजी गर्दै गर्दा समेत भागेका थिए ।

[caption id="attachment_88632" align="alignnone" width="955"] मोबाइल लिएर हिडेका लिम्बु[/caption]

बिल बनाउन लगाएर मोवाईलको रकम नै नदिई भागेका उनको बारेमा खोजी गरिदिन प्रहरीसँग आग्रह गरिएको मोवाईल एण्ड मोवाईल पसलका संचालक सुमित जैसवालले जानकारी दिए । चोरी गरेर लगिएको मोवाईलको मुल्य करिब २५ हजार पर्ने जैसवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्