मोरङको रंगेली र रतुवामाईमा चट्याङ लागेर तीनजनाको मृत्यु

मोरङको रंगेली र रतुवामाईमा चट्याङ लागेर तीनजनाको मृत्यु

रबिन्द्र बराल

रंगेली,  ११ असार । मोरङमा चट्याङ लागेर तीनजनाको ज्यान गएको छ । रंगेली नगरपालिका वडा नम्बर ९ स्थित दोहमना बजारमा दुईजना र रतुवामाइ नगरपालिका वडा नम्बर ५ मा एकजनाको चट्याङ लाग्दा मृत्यु भएको हो ।

दिउँसो ३ बजेतिर परेको चट्याङले लागेर सोही स्थान बस्ने वर्ष १४ का अभत र वर्ष १६ का अनिल ऋिषिदेवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार दिउँसो एक्कासि परेको चट्याङ लाग्दा दुई जना युवा त्यसको चपेटमा परेका थिए ।

मोरङको पथरीबाट काम गरेर घर फर्केने क्रममा उनीरुलाई चट्याङ लागेको थियो । त्यहीबेला पानीसँगै परेको चट्याङ लागेको थियो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल रंगेलीमा राखिएको प्रहरीले जनाएको छ ।

रतुवामाई नगरपालिका–५ मलाहा टोलका २३ वर्षीय जुगेर मियाँको चट्याङ लागेर मृत्यु छ । रतुवा खोलामा बाँसको अस्थायी पुल बनाउने क्रममा उनलाई अचानक परेको चट्याङ लागेको थियो । उनको उपचारको क्रममा उर्लाबारीको अरनिको अस्पतालमा मंगलबार राति मृत्यु भएको थियो । बर्खे भेलमा आउजाउ गर्न मला टोलका स्थानीयले रतुवा खोलामा बाँसको अस्थायी पुलको सहारा लिने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्