प्रदेश-१मा लागु औषध प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दो, सकारात्मक नतिजा हासिल भएन

<span class='c1'>प्रदेश-१मा लागु औषध प्रयोगकर्ताको संख्या दिनानुदिन</span> <span class='c2'>बढ्दो, सकारात्मक नतिजा हासिल  भएन</span>

विराटनगर, ११ असार । प्रदेश एकमा पछिल्लोसमय लागुपदार्थ दुर्व्यवसनीको संख्या दिनानुदिन बढ्दै गएको छ। लागुपदार्थमा अधिकांश युवाहरु आकर्षित भएको बिराटनगरस्थित विभिन्न पुर्नस्थापना केन्दसहित सरोकारवाला निकायहरुले चासो देखाएकाछन्।

बिराटनगरमा बुधबार अन्र्तराष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसका क्रममा आयोजित कार्यक्रममा पुर्नस्थापना क्षेत्रमा आवद्ध ब्यक्तिहरुले युवाहरुमा लागु औषध सेवनप्रतिको आकर्षण बढ्दै गएकोमा चिन्ता ब्यक्त गरेका थिए।

कार्यक्रममा प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले दुब्र्यसन र लागुऔषध ओसारपसारबिरुद्ध अपेक्षाकृत सकारात्मक नतिजा हासिल गर्न नसकेको बताए।

उनले भने, “लागुपदार्थ प्रयोगकर्ता र ओसारपोसारविरुद्ध सरकारले विभिन्न प्रकारका अभियान सुरु गरेको भएपनि उपलब्धि हासिल गर्न सकिएको छैन।” मुख्यमन्त्री राईले २ लाख विद्यार्थीलाई परिचालन गर्दै लागु औषधविरुद्ध म अघि बढ्छु नामको विषेश अभियानको उद्घोष गरेका थिए।

त्यसैगरि, बिराटनगरस्थित रिचमण्ड फेलोसिप मोरङका संजिब चापागाईले लागूऔषध प्रयोगको कारण रगतजन्य रोगहरुको संक्रमणसमेत बढ्दै गएको उल्लेख गरे। खुल्ला सीमानाकाका कारण दुब्र्यवसनीको आकार बढ्दै गएको बताएका चापागांइले त्यसको ओसारपोसार नियन्त्रणमा चुनौति देखिएको स्पस्ट पारे।

जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार एक सर्वेक्षणले बार्षिक रुपमा ११.३६ प्रतिशतले लागुपदार्थ प्रयोगकर्ताको संख्या बढ्दै गएको उल्लेख गरेको थियो। प्रहरी कार्यालयका अनुसार, मोरङको कारागारमा रहेका ८ सय ६३ जना कैदीबन्दी मध्ये २० प्रतिशत लागुऔषध प्रयोगकर्ता रहेका छन्।

मोरङ, सुनसरी र झापामा गरि कुल ३३ वटा लागुपदार्थ प्रयोगकर्ता पुर्नस्थापना केन्द्र रहेको छ। मोरङ जिल्लामा हाल लागुपदार्थ दुव्र्यवसनीहरुको लागि ८ वटा पुर्नस्थापना केन्द्र रहेको छ। त्यसैगरि, सुनसरीमा १० र झापामा १५ वटा पुर्नस्थापना केन्द्र रहेको छ।

अर्कोतर्फ लागुपदार्थ प्रयोगकर्ताको सन्र्दभमा नेपाल सरकारले २०६९ सालमा गरेको सर्वेक्षण अनुसार, सुनसरी, मोरङ र झापामा गरि कुल १९ हजार ८ सय ३० जना लागुपदार्थ प्रयोगकर्ता रहेकाछन्। लागुपदार्थ प्रयोगका क्रममा महिला भन्दा पुरुषको संख्या बढ्दो रहेको छ।

सोही सर्वेक्षणका अनुसार तीन जिल्लामा गरि, १८ हजार ८ सय ९८ जना पुरुष र ८८२ महिला लागुऔषध प्रयोगकर्ता रहेकाछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्