विश्वकप क्रिकेट : पाकिस्तानले न्युजिल्याण्डलाई ६ विकेटले हरायो

विश्वकप क्रिकेट : पाकिस्तानले न्युजिल्याण्डलाई ६ विकेटले हरायो

काठमाडौं । इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्याण्डलाई ६ विकेटले हराएको छ ।

बिर्मिङघममा गएराती सम्पन्न खेलमा विजयी भएसँगै पाकिस्तानले शीर्ष चारभित्र परेर सेमिफाइनलमा पुग्ने संभावना जिवित राखेको छ ।युजिल्याण्डले दिएको २ सय ३८ रनको लक्ष्य पाकिस्तानले ४९ ओभर १ बलमा ४ विकेट गुमाएर पुरा गर्‍यो ।पाकिस्तानको जितमा बाबर आजमले अविजित १ सय १ रन बनाउदा हरिस सोहिलले ६८ रनको इनिङ्स खेले ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ३७ रन बनाएको थियो ।उसका लागि जेम्स निशमले ९७ रन बनाउँदा कोलिन डी ग्रान्डहोमले ६४ रनको योगदान दिए ।जितसंगै ७ खेलबाट ७ अंक जोडेको पाकिस्तान अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

पराजित न्युजिल्याण्डको ७ खेलबाट ११ अंक छ । न्युजिल्याण्ड दोस्रो स्थानमा छ  ।विश्वकप क्रिकेटमा आज भारतले वेष्ट इन्डिजसँग खेल्नेछ ।५ खेलबाट ९ अंक जोडेको भारत तालिकाको तेस्रो स्थानमा रहँदा ६ खेलबाट ३ अंक मात्रै जोडेको वेष्ट इन्डिज आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्