मोरङका अलगअलग स्थानमा सडक दुर्घटना, दुई जनाको मृत्यु

<span class='c1'>मोरङका अलगअलग स्थानमा सडक दुर्घटना,</span> <span class='c2'> दुई जनाको मृत्यु</span>

विराटनगर,१२ असार । मोरङका अलगअलग स्थानमा भएका दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। पथरीशनिश्चरे नगरपालिका–९ स्थित भित्री सडकखण्डमा बिहीबार दिउँसो अटो ट्याम्पोको ठक्करले ६० वर्षीय कविचन्द्र बुढाथोकीको मृत्यु भएको हो।

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को २ ह ३६८५ नम्बरको ट्याम्पोले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका कानेपोखरी गाउँपालिका–६ का बुढाथोकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीले बताए। अधिकारीकाअनुसार ठक्करबाट गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा नोवेल शिक्षण अस्पताल विराटनगरमा मृत्यु भएको हो।

त्यस्तै मोरङको बेलबारी नगरपालिका–९ नलबारीस्थित भित्री सडकखण्डमा दुई दिनअघिको दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ११ प ६६८५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको को २८ प ५३४० नम्बरको स्कुटी मंगलबार एकआपसमा ठोक्किँदा दुवै सवारी साधनका चालक घाइते भएका थिए।

घाइतेमध्ये बेलबारी–७ घर भएका मोटरसाइकल चालक ४५ वर्षीय रामचन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। उपचारका क्रममा न्युरो अस्पतालमा चौधरीको मृत्यु भएको हो। स्कुटर चालक बेलबारी–११ का १८ वर्षीय फूर्वा गुरुङको न्युरो अस्पतालमै उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ। प्रहरीले दुवै घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्