विराटनगरमा २ बर्ष ६ महिनाकी नावालिकालाई यौन दुव्र्यवहार गर्ने पक्राउ

विराटनगरमा २ बर्ष ६ महिनाकी  नावालिकालाई यौन दुव्र्यवहार गर्ने पक्राउ

विराटनगर १३ असार । नाबालिकालाइ यौन दुव्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले अढाइ वर्षकी नावालिकालाई यौन दुव्र्यहार गरेको आरोपमा प्रहरीले २३ वर्षिय व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्ति परिवारकै सदस्य हुन् ।
घरमा कोही नभएको बेला ती नावालिकालाई यौनजन्य क्रियाकलापहरू गर्ने गरेका थिए । घरमा पीडित बालिकाको आफन्तले मोरङ प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रहरीले पक्राउ गरेकालाई मुलुकी फौजदारी अपराध ऐन २०७४ अन्तर्गत बाल यौन दुरूपयोग कसुर अन्तर्गत जिल्ला अदालत मोरङबाट म्याद थप गरि अनुसन्धान भइरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्