मुख्यमन्त्री शेरधन राई अमेरिकाका जादै, सीताको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने

मुख्यमन्त्री शेरधन राई अमेरिकाका जादै, सीताको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने

विराटनगर १४ असार । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पा“चथरको मिक्लाजुङ गाउ“पालिका–३ आरुबोटेमा दुई परिवारका ९ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा बच्न सफल सीता खजुमको उपचारमा लागेको रकम व्यहोर्ने निर्णय गरेको छ ।
गत जेठ ६ गते भएको हत्याकाण्डमा भागेर बच्न सफल भएकी सीताको उपचारमा लागेको ६९ हजार तीनसय १४ रुपैया“ प्रदेश सरकारले व्यहार्ने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।
उनले प्रदेश १ मा लगानी जुटाउन आवश्यक बाटो खोल्ने लगानी प्राधिकरण सम्बन्धि विधेयक ल्याउने भएको बताए । सरकारले प्रदेश सार्वजनिक नीति साझेदारी तथा लगानी प्राधिकरण विधेयक २०७६ लाई प्रदेशसभामा लैजान स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री शेरधन राईको अमेरिकाको बाल्टिमोरमा आगामी जुलाइ ५ देखि ७ सम्म हुने नेप्लिज एसोसिएसन इन अमेरिकाको राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथिका रुपमा जान लागेको प्रवक्ता कार्कीले बताए । उनले सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ल्याउन लागेको प्रदेश जा“चबुझ तथा अनुसन्धान विधेयक २०७६ र प्रदेश स्वायत्त संघसंस्था गठन विधेयकलाई समेत प्रदेशसभामा पेश गर्ने स्वीकृति प्रदान गरेको बताए ।
सरकारले कटहरी फलफूल तथा तरकारी थोक बजार संचालनसम्बन्धि नियामवली २०७६ लाई स्वीकृत प्रदान गरेको छ । त्यसैगरी सगरमाथा टिन्स क्लब अन्तरगत विद्यालयमा पठाउने रकमको कोष संचालन गर्न आवश्यक पर्ने कार्यविधीसमेत स्वीकृत गरेको छ ।

नोटः सीताको उपचार खर्चमा ६९ हजार ३ सय १४ रुपैयाँ हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्