शनिवारीय विशेष कुराकानी : ‘ सेपले लगाउने शैक्षिक मेला सबैभन्दा पुरानो मेला हो’ : संजय थापा

<span class='c1'>शनिवारीय विशेष कुराकानी :  ‘ सेपले लगाउने शैक्षिक</span> <span class='c2'>मेला सबैभन्दा पुरानो मेला हो’ : संजय थापा</span>

नेपालको विभिन्न ठाउँहरूमा भारतीय शैक्षिक मेला आयोजना गर्दै आएको सबैभन्दा पुरानो संस्था हो सेप इभेन्ट एण्ड मिडिया प्रालि । उक्त संस्थाले विगत १२ वर्षदेखि काठण्माडौं र विराटनगरमा भारतीय शैक्षिक मेला गर्दै आएको छ । यो पुरानो संस्था हो ।

यस संस्थाले भारतका नाम चलेका यूनिर्भ्सिटीका संस्थापकहरूलाई नेपालमा ल्याएर प्रत्यक्ष रूपमा विद्यार्थीहरूलाई भेटाउने गर्दछ । प्रत्येक वर्ष गर्दै आएको शैक्षिक मेला काठमाण्डौंमा सफलता पूर्वक सम्पन्न गरेपछि विराटनगरमा यही सोमबारदेखि विराटनगरस्थित नमस्कार होटलमा दुई दिने १३ औं सेप भारतीय शैक्षिक मेला गर्दैछ ।

[caption id="attachment_88773" align="alignnone" width="451"] सेप इभेन्ट एण्ड मिडिया प्रा.लि. का निर्देशक संजय थापा[/caption]

अन्य शैक्षिक मेला भन्दा फरक मेला भएको दाबी गर्दै आएको सेप इभेन्ट एण्ड मिडिया प्रा.लि. का निर्देशक संजय थापासँग आवर विराटनगरले शैक्षिक मेलामा केन्द्रित रहेर गरिएको कुराकानी :

यहाँ हुने अन्य शैक्षिक मेला भन्दा सेप भारीतय शैक्षिक मेलामा के फरक छ ?

नेपालमा सेप इभेन्ट एण्ड मिडिया प्रालिले लगाउँदै आएको मेला निक्कै पुरानो मेला हो । हामीले विगत १२ वर्षदेखि भारतका नाम चलेका विभिन्न विश्वविद्यालयका संस्थाकपहरूलाई ल्याएर प्रत्यक्ष रुपमा विद्यार्थीहरूसँग अन्तक्रिया गराउँछौं । विद्यार्थीहरूले प्रत्यक्ष रूपमा नाम चलेका विश्वविद्यालयको बारेमा जानकारी लिन पाउँछन् । तर अन्य शैक्षिक मेलामा यस्तो हुँदैन । उनीहरू केही कलेजका प्रतिनिधी मात्र लिएर आएको हुन्छन् । भारतमा पढ्न चाहने विद्यार्थीका लागि आफ्नो रोजाइअनुसारको विभिन्न सहरमा पढ्ने मौका हामी दिदै आएका छौं । शैक्षिक मेलाको माध्यमबाट यो अवस्थामा विज्ञहरूसँग लिएको सल्लाहले थप केही मद्दत पु¥याउने छ ।

यो सेप भारतीय शैक्षिक मेला कस्तो मेला हो ?

सेप भारतीय शैक्षिक मेला’ भारतमा सबैभन्दा बढी रूचाएको शैक्षिक मेला हो । यो शैक्षिक मेला नेपालमा आयोजना हुने सबैभनदा पुरानो शैक्षिक मेला हो । मेलामा सहभागिता हुने शैक्षिक संस्थाहरु विगत १३ वर्षदेखि लगातार नेपालमा आएर नेपाली विद्यार्थी अनि अभिभावकप्रति गुणस्तरीय शिक्षाको बारेमा बुझाउन सफल भएका छौं । नेपालका प्राय विद्यार्थी सेपमा सहभागिता हुने शिक्षा संस्थामा नै भर्ना भएको देखिन्छ । विगत १३ वर्षदेखि शैक्षिक क्षेत्रमा काम गर्दै आएको यो ‘सेप’ नामक संस्था यस्तो मेला ल्याउने पहिलो संस्था हो । जुन विशेष शिक्षातर्फ काम गर्दै आएको सबैलाई सर्व्विदितै छ ।

काठमाण्डौपछि विराटनगरमा गर्दै हुनुहुन्छ । मेलामा कस्ता कस्ता यूनिभर्सिटी सहभागि हुन्छन् ?

( काठमाण्डौमा अपार सफलतापछि विराटनगरमा यो शैक्षिक मेला हुन लागेको हो । काठमाण्डौंमा सोचेभन्दा राम्रो भयो । अब विराटनगरमा पनि हामीले काठमाण्डौंको जस्तै अपेक्षा राखेका छौं । सफल हुनेमा हामी विश्वत छौं । शैक्षिक मेलामा भारतका नाम चलेका करिब ३० वटा विश्वविद्यालय सहित एक प्रतिनिधि मण्डलका सदस्यहरूको सहभागि रहनेछ । दुई दिनसम्म सञ्चालन हुने भारतीय शैक्षिक मेला बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुनेछ । शैक्षिक मेलामा भारतमा नाम चलेका विश्वविद्यालयका प्रतिनिधि प्रत्यक्ष रूपम सहभागी हुने छन् । जसमा विद्यार्थीले आफ्ना जिज्ञासा राख्नुका साथै नाम चलेको विश्वविद्यालयको बारेमा सम्पूर्ण जानकारी आफ्नै ठाउँमा बसेर लिन पाउने छन् । शैक्षिक मेलामा एसआरएम, भिआइटी, एमिटी, अमृता, जैन, किट शारदा जस्ता धेरै नाम चलेका शैक्षिक संस्था मेलामा भाग लिन्छन् ।

यो शैक्षिक मेलाबाट विद्यार्थीलाई के फाइदा मिल्छ ?

– शैक्षिक मेला वर्तमान विद्यार्थीका लागि सबैभन्दा राम्रो अवसर हो र सम्भवतः उनीहरूको सपनाको पढाइ खोज्न वा अन्य उपयुक्त अध्ययनका विकल्प महसुस गर्न राम्रो रही आएको छ । सहभागीहरूलाई थप मूल्य प्रदान गर्न, सेप शैक्षिक मेलाहरूले अवसर विशेषज्ञ कलेज भर्ना अधिकारीलाई निम्तो दिन्छ जसले आवेदनका विभिन्न पक्षहरूको सन्दर्भमा मार्गदर्शन प्रदान गर्न सक्छ । नेपाल र भारतको व्यापारीक र सांस्कृतिक सम्बन्धले भरिएको इतिहास छ । यी देशमा किफायति शिक्षण फिसको निकटतासँगै, सांस्कृतिक निकटताले आमाबाबुलाई आफ्नो बच्चाको बारेमा थप सुरक्षित महसुस गराउने गर्दछ । जुन भारतका लागि नेतृत्व गर्ने विद्यार्थीको बढ्दो संख्याको मुख्य कारण हो । यसबाहेक, धेरै देशहरूको विपरीत, ती आमाबाबु जो भारतमा आफ्ना छोराछोरी पठाउन चाहन्छन् । उहाँहरूले आफ्नो बच्चालाई भर्ना गर्नुअघि शैक्षिक संस्थाहरू भ्रमण गर्न सक्छन् ।

शैक्षिक मेलाबारेमा अभिभावक र विद्यार्थीलाई केही भन्न चाहनुहुन्छ ?

शैक्षिक मेला भनेको विद्यार्थीको भविश्य चुन्ने अवसर हो । भारतको सम्पूर्ण विश्व विद्यालयबारेमा पूर्ण जानकारी लिने अवसर पनि हो । भारतको सबै प्रान्तबाट विश्वविदालयका प्रमुखको उपस्थिति हुन्छ । अभिभावक ज्यूहरुलाई के भन्न चाहन्छु भने तपाइँहरूको नानीलाई भारतमै पढाउन चाहनुहुन्छ भने एक चोटी शैक्षिक मेलामा आएर पूर्ण जनकारी लिनुहोला । यस्तो मेला भनेको जानकारी प्राप्त गर्ने मेला हो । यस मेलाबाट सम्पूर्ण कलेजको बारेमा जानकारी लिएपछि तपाईहरूले निर्णय लिने कुरा हो । कसैले भनेको आधरमा उनीहरूको लहीलहीमा लागेर निर्णय नगर्नुहोस् । पूर्ण रुपमा बुझेर मात्र आफ्नो नानी र आफ्नो बारेमा निर्णय गर्नुहोला । त्यसको साथै हामीले सम्पूर्ण कलेजका बारेमा जानकारी दिनको लागि केहीलाई लक्कि ड्र मार्फत् मोवाईल फोन, ल्यापटप, ट्याब पनि प्रदान गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्