पण्डित दीनबन्धु पोखरेललाई अमेरिकामा मानार्थ नागरिकता

पण्डित दीनबन्धु पोखरेललाई अमेरिकामा मानार्थ नागरिकता

काठमाडौं, १४ असार । चर्चित पण्डित दीनबन्धु पोखरेललाई अमेरिकाले मानार्थ नागरिकता प्रदान गरेको छ । हाल अमेरिकामा रहेका उनलाई भर्जिनियास्थित टाउन अफ हर्नडन र हर्नडन टाउन काउन्सिलले मानार्थ नागरिकता प्रदान गरेको हो।

नेपाली समूदायप्रति पुर्‍याएको योगदान तथा विश्व समूदायमा शान्ति, आध्यात्मिकता र मानवताको सन्देश प्रवाह गरेवापत उनलाई अमेरिकामा मानार्थ नागरिकता प्रदान गरिएको बताइएको छ ।

यसैबीच पण्डित पोखरेलले अमेरिकी सरकारले प्रदान गरेको यो मानार्थ नागरिकता सबै नेपालीको लागि गौरवको विषय भएको बताएका छन् ।

उनले भनेका छन्, ‘कुनै चाहेर पनि होइन, माग गरेर पनि होइन ।  अमेरिकी भूमिमा सेवा गरेबापत आज अमेरिकी सरकारले नेपालीहरूको इतिहासमा पहिलो पटक मलाई मानार्थ नागरिकता प्रदान गरेको छ, यो सबै नेपालीका लागि गौरवको विषय हो । सबैको जय होस् ।’

उनलाई दिइएको मानार्थ नागरिकताबारेको प्रमाणपत्रमा हर्नडन टाउन काउन्सिलका सदस्य प्रदीप ढकालको हस्ताक्षर रहेका छन् । ढकाल सो नगरका नेपाली मूलका अमेरिकी जनप्रतिनिधि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्