मोरङको सुनवर्सीमा सेफ्टी ट्याङ्की निर्माणका क्रममा चार जनाको ज्यान गयो

मोरङको सुनवर्सीमा सेफ्टी ट्याङ्की निर्माणका क्रममा चार जनाको ज्यान गयो

रबिन्द्र बराल
रंगेली, १४ असार । मोरङको सुनवर्सी नगरपालिका ९ मुस्लिम बस्तीमा रहेको मस्जीदको सेफ्टी ट्याङ्की निर्माण गर्ने क्रममा ज्यान गएको छ ।

निर्माणाधिन सेफ्टी ट्याङ्की निर्माण गर्दै जाने क्रममा उनीहरु बेहोस भएर ढलेको प्रहरीले जनाएको छ । अक्सीजनको कमीको कारण चारैजना ढलेको अबस्थामा फेला परेका उनीहलाई तत्काल त्यहाँबाट निकालेर बिराटनगर तर्फ ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रही कार्यालय मोङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । यसरी ज्यान जानेमा सुनबर्सी नगरपालिका वडा नम्बर ९ बस्ने बर्ष ६०का मोहम्द कपिल आलम , बर्ष १९ का सहनवाद आलम , बर्ष २२ का मो.ओसिब आलम र बर्ष २५ फिरोज आलमको ज्यान गएको डिएसपी श्रेष्ठले बताए ।
अर्का एकजना दाउत मियाँको रंगेली अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । निर्माणाधिन हत निर्माणको काम भईरहेको अबस्थामा अधिकांशको अक्सीजनको अभावको कारण ज्यान गएको हुनसक्ने डिएसपी श्रेष्ठले जानकारी दिए । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्