मोरङमा ३ बर्षिया बालिकादेखि ८२ वर्षिया वृद्धासम्म बलात्कृत, मानव अधिकार उलङ्घनका घटना भयाभह

<span class='c1'>मोरङमा ३ बर्षिया बालिकादेखि ८२ वर्षिया वृद्धासम्म</span> <span class='c2'>बलात्कृत, मानव अधिकार उलङ्घनका घटना भयाभह</span>

प्रेम देवान

विराटनगर, १४ असार । मोरङ जिल्लामा ३ बर्षिया बालिका देखि ८२ बर्षिया वृद्धा सम्म बलात्कार भएका घटना सार्वजनिक भएको छ ।
यसैगरी मोरङमा ६ महिनाको अवधिमा ८५ वटा मानवअधिकारको घटना घटेका मध्ये ८९ जना पीडित भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा (इन्सेक) १ नम्बर प्रदेश कार्यालय विराटनगरले सार्वजानिक गरेको अभिखेल अनुसार सन २०२० जनवरीदेखि जुनसम्ममा ८९ जना पीडित भएको जानकारी दिएको छ ।

इन्सेक विराटनगरले एक कार्यक्रम आयोजना गरि सार्वजानिक गरेको प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा बढी बलत्कार घटना रहेको छ । ६ महिनाको अवधिमा ३३ वटा बलत्कार घटना भएको इन्सेकको मोरङ जिल्ला प्रतिनिधी इन्दिरा भट्टराईले जानकारी दिइन् । जसमा १३ महिला र १३ जना किशोरी बलात्कारको शिकार हुनुपरेको प्रतिवेदनमा उल्लेख छ । बलात्कार हुनेमा ३ बर्षिया नाबालिकादेखि ८२ बर्षिया वृद्धा सम्म बलात्कार भएको घटना सार्वजनिक गरिएको छ । प्राय बलात्कारका घटनामा आफन्त र नातागोताबाट प्राय हुने गरेको तत्याङकमा उल्लेख गरिएको छ ।
यस्तै ६ महिनामा एक वालिका र एक महिला गरि २ जनाको हत्या भएको छ । कुटपिट ६, हत्याको प्रयास ६, घरेलु हिंसा ५, बलत्कार प्रयास १६, बहुविवाह ५, मानवबेचविखन ४, नवजात शिशु हत्या १ जनाको भएको छ । यसैगरि बोक्सीको आरोप २ जना, तोडफोड १, बालश्रम १, जातिय विभेद १ अमानविय व्यवहार १ जनाको भएको प्रतिवेदनमा उल्लेखछ ।
पीडित हुनेहरुमा बलात्कारमा परेका महिला तथा बालिका धेरै रहेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्रले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि अभिलेख घटना सार्वजानिक गर्दै बलात्कारका ३३ घटनामा २० बालिका र १३ जना महिलाहरु पीडितभएको उल्लेख गरिएको छ । अझ त्यसमा ४ गत वर्ष १ सय ३५ वटा घटना भएकोमा १ सय ७१ जना पीडित भएको जिल्ला प्रतिनिधी भट्टराईले जानकारी दिइन् । गत वर्ष पनि सबैभन्दा बढी बलत्कार घटना रहेको छ ।
वर्ष पुस्तकपूर्व समिक्षा कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग प्रदेश कार्यालय विराटनगरका प्रमुख मोहनदेव जोशीले नागरिक तथा राजनीतिक अधिकारका साथ–साथै उपभोक्ता अधिकारको संरक्षणका मुद्दालाई समेत मानव अधिकारका दृष्टिकोणले उठाउनुपर्ने आवश्यकता रहेको बताए । उपभोक्ताहरुको अधिकार संरक्षणका लागिअधिकारका क्षेत्रमा क्रियाशिल संघसंस्थासँगै राजनीतिक अभियानकर्मीको पनि पहल हुन आवश्यक रहेको उनले बताए ।
नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले पत्रकारहरु समेत मानवअधिकार कर्मीकै रुपमा काम गर्ने भएकोले अधिकारवादी संघसंस्था र पत्रकारहरुबीच समन्वय आवश्यक रहेको बताए । कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्रकाप्रदेश कार्यालयका प्रमुख सोमराजथापाले राज्यबाट हुने मानवअधिकार उल्लंघनका घटनालाई आमसंचार क्षेत्रले खबरदारी गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्