लाइन्स क्लब अफ बिराटनगर युनिकको अध्यक्षमा लक्ष्मण घिमिरे

लाइन्स क्लब अफ बिराटनगर युनिकको अध्यक्षमा लक्ष्मण घिमिरे

विराटनगर १४ असार । लाइन्स क्लब अफ बिराटनगर युनिकको अध्यक्षमा लक्ष्मण घिमिरे निर्वाचित भएका छन् । बिराटनगरमा शनिबार लायन्स क्लब अफ बिराटनगर युनिकले एक कार्यक्रम विच नव निर्वाचित अध्यक्षलाई पद हस्तान्तरण गरिएको छ ।
लायन्स क्लवका अध्यक्ष सुजन थापाले लायन्स क्लबका नव निर्वाचित अध्यक्ष लक्ष्मण घिमिरेलाई पद हस्तान्तरण गरेका छन् । त्यसै गरि नव निर्वाचित टिममा सचिवमा बिनोद कुमार राउत, कोषाध्यक्ष संजय साह , पहिलो उपाध्यक्षको रुपमा प्रवीण अग्रवाल, दोस्रो उपाध्यक्षको रुपमा नरेश खत्री , तेस्रो उपाध्यक्षको रुपमा चेतननाथ निरौला निर्वाचित भएको नव निर्वाचित अध्यक्ष घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्