विराटनगरमा जारी ‘प्याब्सन आँगन’को क्वाटरफाइनल राउण्ड सम्पन्न

<span class='c1'>विराटनगरमा जारी ‘प्याब्सन आँगन’को</span> <span class='c2'>क्वाटरफाइनल राउण्ड सम्पन्न</span>

विराटनगर १४ असार । एकल गायन र नृत्य समावेश गरिएको ‘प्याब्सन आँगन’ प्रतियोगिताको क्वाटरफाइनल राउण्ड सम्पन्न भएको छ ।

प्याब्सन विराटनगरले आयोजना विराटनगर–११ मा रहेको सगरमाथा स्कूलमा भएको क्वाटरफाइनलबाट ७५ जना सेमिफाइनल चरणमा प्रवेश गरेका प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईले जानकारी दिए । अध्यक्ष राइका अनुसार नृत्यतर्फ ५० र गायनतर्फबाट २५ जना छनौट भई सेमिफाइनल चरणमा प्रवेश गरेको जानकारी दिए ।

जेठ ३२ विराटनगरमा एक कार्यक्रमको आयोजना गरि ‘प्याब्सन आँगन’ पहिलो अडिसन गरिएको थियो । अडिसनमा ८० भन्दा बढी विद्यालयहरूबाट गायनमा ९५ र नृत्यमा १ सय ५५ जना गरि २ सय ५० जना प्रतियोगिहरूले भाग लिएको प्याब्सन विराटनगरका अध्यक्ष राईले जानकारी दिए ।
‘सधैको लागि, सवैको लागि, राष्ट्रको शिक्षा, कलाको लागि, प्याब्सन आँगन, प्याब्सन विराटनगर’ मुल नाराको साथ उक्त प्रतियोगिता सुरु गरिएको हो ।

विद्यालयहरूमा अध्ययरत विद्यार्थीहरूको अन्तर निहित कलाकारिताको दक्षतालाई अभिवृद्धी गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कक्षा १० सम्म अध्ययरत विद्यार्थीहरूले यो प्रतियोगितामा भाग लिएका छन् ।

तीन चरणको अडिसन राउण्ड पुरा गरेपछि प्रतियोगि फाइनलमा पुग्नेछन् । नृत्यतर्फ ५० र गायनतर्फबाट २५ जना छनौट भएका मध्ये फाइलन चरणमा१०–१० जना पुग्नेछन् । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । एकल नृत्य र एकल गायन दुवै विधाका विजेताले नगर र ट्रफि प्राप्त गर्नेछन् । अन्य उपविजेता हुने ९ जना प्रतियोगिले ट्रफि तथा पुरस्कार पाउने सचिव अर्जुन श्रेष्ठले बताए । उक्त प्रतियोगिताको फिनाले विराटनगरमा साउन २४ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्