महिला फुटबल प्रतियोगिता विजेता टिमलाई मेयरले ५ लाख नगद सहित सम्मान गरे

महिला फुटबल प्रतियोगिता विजेता टिमलाई मेयरले ५ लाख नगद सहित सम्मान गरे

विराटनगर १४ असार । विराटनगर महानगरपालिकाले पहिलो संस्करणको उप–मेयर कप अन्तर नगरपालीका महिला फुटबल प्रतियोगिता विजेता टिमलाई नगद सहित सम्मान गरेको छ ।

महानगरपालिकाले शनिबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी काठमाडौंमा सम्पन्न उप–मेयर कप अन्तर नगरपालीका महिला फुटबल प्रतियोगिता जित्न सफल विराटनगरको टिमलाई सम्मान गरेको हो ।
उपाधिसँगै ५ लाख जितेको महिला टिमलाई महानगरपालिकाका प्रमुख भीम पराजुलीले थप ५ लाखसहित १० लाख रुपैयाँ टिमलाई दिँदै बधाई तथा शुभकामना दिए । उनले उपाधि जित्नुले विराटनगर खेलकुदप्रति सशक्त रहेको उल्लेख गरे ।
प्रमुख पराजुलीले खेलकुद क्षेत्रको विकासका लागि महानगरपालिकाले नीति तथा कार्यक्रममा समेटेको बताए ।

विराटनगरले विहिबार काठमाण्डौंमा भएको फाइनल खेलमा बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित गर्दै पहिलो संस्करणको उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि हात पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्