मध्यरातमा विराटनगर १२ रानीपथमा रहेको फर्निचर उद्योगमा आगलागी, १० लाख बढीको क्षति

<span class='c1'>मध्यरातमा विराटनगर १२ रानीपथमा रहेको फर्निचर</span> <span class='c2'>उद्योगमा आगलागी, १० लाख बढीको क्षति</span>

विराटनगर १५ असार । विराटनगर १२ रानी पथ थापा निवास अगाडी रहेको एक फर्निचर उद्योगमा मध्यरातको समयमा आगलागी भएको छ । आईतबार विहान साढे १२ बजेको समयमा रानीपथमा रहेको शक्तिमाता फर्निचर उद्योगमा आगलागी भएको हो ।

आगलाीबाट उद्योगमा रहेको फर्निचरका सामानहरु सबै जलेर नष्ट भएको उद्योगका संचालक रामबाबु शर्माले जानकारी दिए । विहेको लागी तयार गरिएको सोफा सेट, पलङ , टेवल कुर्सी सबै जलेर खरानी भयो शर्माले भने’ । ‘मैले घर जाने वेलामा विधुतको एम.सी.वी र बत्तिको मेन स्वीच सबै बन्द गरेको थिए, तर खै कसरी आगो म आफै अचम्मित भईरहेको छु।’


साथै आगलागीबाट नजिकै रहेको टेर्लसमा पनि आगलागीबाट ४ वटा मेसिन र लत्ताकपडा जलेर नष्ट भएको छ । कलेश्वर दास मोचीले संचालन गरेको टेर्लसमा रहेको आगलागी भएको प्रहरीले जनाएको छ । टेर्लसमा अर्डरको लागी दिएको २ हजार पिस वजरङ्गीका झण्डा र ५ सिप जिन्सका कपडा लजेर नष्ट भएको संचालक कलेश्वरले आवर विराटनगरलाई जानकारी दिए । आगलागीबाट २ लाख बराबरको क्षति भएको दासले बताए । आगलागी राती नै विराटनगर महानगरपालीकाबाट आएको ३ वटा दमकलले आगलागी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय रानी विराटनगरले जनाएको छ । आगलागीबाट १० देखी १२ लाख सम्मको क्षति भएको हुन सक्ने अनुमान गरिएको ईलाका प्रहरी कार्यलय रानी विराटनगरका प्रहरी निरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्