बिराटनगरमा कवि नवराज पराजुली सहितको उपस्थितिमा मोटिभेशनल सेमिनार हुने

बिराटनगरमा कवि नवराज पराजुली सहितको उपस्थितिमा मोटिभेशनल सेमिनार हुने

बिराटनगर असार १५,

विराटनगरका युवाहरुको संस्था "हामी युवा" को आयोजनामा यहि असार २० गते शुक्रवार युवाहरुलाई "युथ फर चेन्ज मोटिभेशनल सेमिनार" आयोजना  हुने भएको छ । युवाहरुलाई सकारात्मकता र आशावादी बन्न प्रेरित गर्न बिभिन्न अभियानका साथ संचालित यस संस्थाले  विराटनगर महानगरपालिका संगको सहकार्यमा विराटनगर महानगरपालीकाको १९ वटै वडामा युवाहरुको क्षमता अभिबृद्दि तालिम , वडा युवा परिषद् साथै नगर युवा परिषद्को गठन गरिसकेको छ ।

 युवाहरुलाई समस्यामा सम्भावना देखाउने उद्देश्यका साथ आयोजना गर्न लागिएको  यस कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने तर सहभागीले  ईन्ट्री पास लिएर आएको  हुनु पर्ने जानकारी संस्थाकी अध्यक्ष जिना कार्कीले दिईन । विराटनगर महानगरका प्रमुख भीम पराजुलीको प्रमुख आतिथ्य , कवि नवराज पराजुली लगायत अन्य ख्याती प्राप्त कलाकारको प्रस्तुतिका साथ विरेन्द्र सभा गृह विराटनगरमा करिव ५०० युवाहरुको उपस्थितिमा "युथ फर चेन्ज मोटिभेशनल सेमिनार" आयोजना गर्न लागिएको आयोजकले  बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्