मस्जिदको सेफ्टी ट्यांकीमा निसास्सिएर मृत्यु भएका चारको सामूहिक अत्येष्टी

मस्जिदको सेफ्टी ट्यांकीमा निसास्सिएर मृत्यु भएका चारको सामूहिक अत्येष्टी

विराटनगर, १६ असार । असार । मस्जिदको सेफ्टी ट्यांकीमा निसास्सिएर ज्यान गउका चार जनाको मोरङको सुनवर्षी नगरपालिका–९ डाईनियामा आईतबार सामूहिक अत्येष्टी गरिएको छ ।

डाईनिया बजारको पूर्वतर्फ २ बिघा क्षेत्रफलमा रहेको कब्रिस्थानमा मुस्लिम रीतिरिवाज अनुसार उनीहरुको अन्त्येष्टी गरिएको हो । सुनवर्षी–९ डाईनियाको मुस्लिम बस्तीस्थित मर्कज मस्जिदको सेफ्टी ट्यांकीको सेट्रिङ खोल्न एकपछि अर्को गर्दै भित्र छिरेका चार जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा मुस्लिम बस्तीका २० वर्षीय मोहम्मद फिरोज आलम, २५ वर्षीय सहनवाद आलम, २२ वर्षीय ओसिव आलम र ४५ वर्षीय कपिल आलम रहेका छन् । मृत्यु हुने मध्ये सहनवाद र कपिल बाबु छोरा हुन् । उनीहरुको सामूहिक अन्त्येष्टीका लागि मुस्लिम धर्मावलम्बीको ठूलो भीड लागेको थियो ।
एक महिना अघि चारैतिर बन्द गरेर हावा पास हुन नसक्ने गरी मस्जिदको १२ फिट गहिरो ट्यांकीको ढलाई गरिएको थियो । त्यही ढलाईको सेट्रिङ खोल्नका लागि एकपछि अर्को गर्दै गएकाहरुको निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्