विराटनगरका ‘प्लस टु’लाई भ्याई नभ्याई, विद्यार्थी भन्छन् ‘जुन कलेज राम्रो त्यसैमा पढिन्छ’

विराटनगरका ‘प्लस टु’लाई भ्याई नभ्याई, विद्यार्थी भन्छन् ‘जुन कलेज राम्रो त्यसैमा पढिन्छ’

प्रेम देवान
विराटनगर १६ असार । विराटनगर ४ ईक्राईकी समिक्षा चौधरी आईतबार हातमा कलेजको जानकारी मुलक सामाग्री फाईल लिएर घुम्दै थिईन् । उनको हातमा विराटनगरका दुईवटा नाम चलेका कलेजको सामाग्रीहरु थिए ।

हामीले उनलाई सोध्यौँ, ‘तपाई कहाँ गएर आउनु भएको ? उनले सहजै जवाफ दिईन् ‘साथीहरुसँग कलेजको बारे बुझ्न भनेर कलेजहरुमा पुगेर आएको ।’ उनल एईई सकिएपछि प्लस टु का कलेजहरुमा बारेमा बुझ्दै कुन कलेज राम्रो छ त्यही भएर कलेजको फर्म बोक्दै हिँडेको बताईन् ।
त्यहाँ समिक्षा मात्र थिईनन् उनीसँग अरु तीन जना उनका साथी पनि थिए । समिक्षासँगै भेटिएका स्नेहा थापा , ईशा साह विराटनगरको सेन्टजोसेफबाट यस पटकको एईई दिएका बिद्यार्थी हुन् ।
एसईई पछि अहिले बिराटनगरका कलेजहरुमा यसैगी कलेज खोज्दै हिँड्दै गर्ने बिद्यार्थीहरुको भिड लाग्ने गरेको छ । विराटनगरको शिक्षादिप कलेज परिसरमा धुव्रतारा स्कुलबाट एईई दिएकी अस्मिता पोखरेल कलेजका प्रिन्सिपल ज्ञानु खड्कासँग कलेजकोबारे परामर्स लिन पुगेकी थिईन् । गौरव बराल विराटनगर १२ कोशी प्रोजेक्टबाट आएका थिए । एभरेष्ट बोडिङबाट यसपटको एसईई दिएका बराल मेनेजमेन्ट पढ्ने सोचका साथ आएको बताउँछन् । यस पटकको एसईईको रिजल्ट आएसँगै विराटनगरका कलेजमा विद्यार्थीहरुको भिड छ ।
विराटनगरमा अहिले एक दर्जन बढी प्लस टु कलेज छन् । विराटनगरका हरेक कलेजहरुले प्रवेश परीक्षाको लागी फारम वितरण गरिरहेका छन् । एउटै विद्यार्थीहरुले २ देखी ३ वटा कलेजमा फारम भरेको बताउँछन् ।
तर यता विद्यार्थी भने आफै कुन कलेजमा पढ्ने भन्नेमा अन्यौल छन् । विराटनगर ४ की समिक्षा चौधरीले शिक्षा दिप कलेज र अरनिको कलेजमा ५ सय रुपैया तिरेर फारम भरिन् । उनी भन्छिन् ‘प्रवेश परीक्षा दिने हो, जुन कलेजमा नाम निस्कन्छ त्यही कलेजमा पढ्ने हो ।’ जुन कलेजले सस्तो र राम्रो सेवा सुविधा दिन्छ त्यसैमा पढ्ने योजना बनाएको चौधरीले बताईन् ।
विराटनगरको कलेजहरु एकैखालका छैन सबैका फरक फरक बिशेषता रहेकोले पनि विद्यार्थीहरु अन्यौलमा परेका छन् । कलेजहरुले मनपरी शुल्क तोकिँदा बिद्यार्थी कता सस्तो होला भनेर पर्खिएका छन् । उनीहरु यसै कलेजमा पढ्ने भन्ने मनस्थितीमा देखिँदैनन् । विद्यार्थीहरुको चाह राम्रो र सस्तो होस भन्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्