विराटनगरमा सेप भारतीय शैक्षिक मेला आजदेखि, मेलामा बाल गायक प्रितम आउने

विराटनगरमा  सेप भारतीय शैक्षिक मेला आजदेखि,  मेलामा बाल गायक प्रितम आउने

विराटनगर, १५ असार । विराटनगरमा १३ औं ‘सेप’ भारतीय शैक्षिक मेला २०१९ हुने भएको छ । विराटनगरको नमस्कार होटलमा सोमबारदेखि दुई दिनसम्म हुने भएको हो ।

सेप इभेन्टस एण्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा हुने दुई दिने शैक्षिक मेलाको सम्पूर्ण तयारी पुरा भएको हो । काठमाण्डौमा भव्य रुपमा शैक्षिक मेला सम्पन्न भएपछि विराटनगरमा हुन लागेको सेप इभेन्टस एण्ड मिडिया प्रा.लि.का निर्देशक सञ्जय थापाले बताए । शैक्षिक मेलामा भारतका नाम चलेका करिब ३० वटा विश्वविद्यालय सहित प्रतिनिधि मण्डलका सदस्यहरू परामर्शकालागि सहभागी हुने छन् ।
शैक्षिक मेलामा एसआरएम, भिआइटी, एमिटी, अमृता, जैन, किट शारदा जस्ता धेरै नाम चलेका शैक्षिक संस्था मेलामा आउने निर्देशक थापाले बताए ।
‘सेप भारतीय शैक्षिक मेला’ भारतमा सबैभन्दा बढी रूचाएको शैक्षिक मेला रहेको उनले बताए । ‘यो शैक्षिक मेला नेपालमा आयोजना हुने सबैभन्दा पुरानो शैक्षिक मेला हो, उनले भने, ‘हामीले नेपालमा विगत १३ वर्षदेखि लगातार नेपाली विद्यार्थी र अभिभावकप्रति गुणस्तरीय शिक्षाको बारेमा बुझाउन सफल भएका छौं ।’ मेलामा करिब २ हजार विद्यार्थीको सहभागि हुने बताइएको छ ।

शैक्षिक मेलामा बाल गायक प्रितम आउने
विराटनगरमा सोमबारदेखि सुरु हुने १३ औ भारतीय शैक्षिक मेलामा बाल गायक प्रितम आचार्य आउने भएका छन् । सेप इभेन्टस एण्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा हुने शैक्षिक मेलामा गायक आचार्यलाई सम्मान पनि गरिने भएको छ । गीत संगीतको क्षेत्रमा पुर्याएकोे योगदानको उच्च कदर सम्मान गरिने भएको सेप इभेन्ट एण्ड मिडियाका निर्देशक थापाले बताए । रियालिटी शो ‘सारेगमप लिटल च्याम्स २०१९’ मा सेकेण्ड रनरअप भएका आचार्यले मेलामा आफ्नो प्रस्तुती पनि दिइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्