२० जनालाई शिक्षक बनाइदिन्छु भन्दै ६१ लाख ठग्ने प्रधानाध्यापक पक्राउ

<span class='c1'>२० जनालाई शिक्षक बनाइदिन्छु भन्दै</span> <span class='c2'>६१ लाख ठग्ने प्रधानाध्यापक पक्राउ</span>

काठमाडौं १६ असार । २० जनालाई शिक्षक बनाइदिन्छु भन्दै ६१ लाख रुपैयाँ ठग्ने प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–स्थित सामुदायिक प्राथमिक विद्यालय सगरदिनाका प्रधानाध्यापक ४३ वर्षीय अनिल कुमार ठाकुर छन् ।

उनले पर्सा र रौतहटका जिल्लाका २० जनालाई शिक्षक बनाइदिने भन्दै प्रतिव्याक्ति २ लाख देखी ५ लाखसम्म लिएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईका अनुसार ठाकुरले रकम लिएका व्यक्तिलाई नक्कली नियुक्तिपत्र समेत प्रदान गर्दै आएको खुलेको छ । बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको एसपी भट्टराईले जानकारी दिए ।
बाह्रखरीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्