विराटनगर, १६ असार / विराटनगरस्थित नमस्कार होटलमा सोमबारदेखि १३ औं ‘सेप’ भारतीय शैक्षिक मेला २०१९ सुरु भएको छ । सेप इभेन्टस एण्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा दुई दिने शैक्षिक मेला सुरु भएको हो ।
मेला मंगलबारसम्म लाग्ने भएको छ । पहिलो दिन उल्लेखिय मात्रामा विद्यार्थीहरु आएर भारतको विभिन्न विश्व विद्यालयहरुको बारेमा जानकारी लिएका थिए । पहिलो दिन एक हजार बढीले मेला अवलोन गरेका आयोजकले जनाएको छ । काठमाण्डौमा भव्य रुपमा शैक्षिक मेला सम्पन्न भएपछि विराटनगरमा भएकोे सेप इभेन्टस एण्ड मिडिया प्रा.लि. का निर्देशक संन्जय थापाले बताए । शैक्षिक मेलामा भारतका नाम चलेका करिब ३० वटा विश्वविद्यालय सहित एक प्रतिनिधि मण्डलका सदस्यहरूको सहभागि रहेको छ ।
दुई दिनसम्म संचान हुने शैक्षिक मेलामा एसआरएम, भिआइटी, एमिटी, अमृता, जैन, किट शारदा जस्ता धेरै नाम चलेका शैक्षिक संस्था मेलामा आएको छ ।
‘सेप भारतीय शैक्षिक मेला’ भारतमा सबैभन्दा बढी रूचाएको शैक्षिक मेला रहेको जानकारी दिदै उनले पहिलो दिन सोचेभन्दा बढी विद्यार्थीको उपस्थीति भएको उनले बताए ।