विराटनगरको जागृति विद्यालयलाई विराटनगर सिटीको सहयोग, ३ सय ६५ दिन नै कार्यक्रम गर्ने

<span class='c1'>विराटनगरको जागृति विद्यालयलाई विराटनगर सिटीको सहयोग, ३</span> <span class='c2'>सय ६५ दिन नै कार्यक्रम गर्ने</span>

विराटनगर १६ असार । लायन्स क्लब विराटनगर सिटीले विपन्न बालबालिकाहरु अध्ययन गर्ने विद्यालयमा वर्षभरी सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । लायन्स क्लब ३२५ एवान अन्तर्गत सञ्चालित विराटनगर सिटीले विराटनगर १९ मा अवस्थित जागृति आधारभूत विद्यालयलाई आवश्यक पर्ने विभिन्न शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको हो ।

क्लबका नवनिर्वाचित अध्यक्ष घनश्याम पोखरेलले आइतबार विद्यालयमा आयोजना गरिएको कार्यक्रममा बोल्दै भने, ’शिक्षाको अधिकारबाट बालबालिकाहरु बञ्चित हुनुपर्ने अवस्था आउन नदिन म र मेरो क्लबको तर्फबाट विशेष सहयोग गर्छौं ।’ क्लबले आइतबार मात्र करिब १७ हजार रकम बराबरको साउण्ड सिस्टम प्रदान गरेको छ । विद्यालयमा आयोजना गरिएको कार्यक्रममा क्लबका अध्यक्ष घनश्याम पोखरेल, पूर्व अध्यक्ष नमिता न्यौपाने लगायतले विद्यालयका प्रधानाध्यापक दधिराम नेपाललाई उक्त सामग्री हस्तान्तरण गरेका थिए । सोही अवसरमा क्लबको तर्फबाट विद्यालयमा वृक्षारोपण गरिएको नवनिर्वाचित सचिव विद्याकान्त दाहालले जानकारी दिए । जागृति आधारभूत विद्यालयमा वृहत राष्ट्रिय शिक्षा अभियानले विद्यालय सुधारको लागि निःशुल्क आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

 


लायन्स क्लब विराटनगर सिटीका अध्यक्ष घनश्याम पोखरेलले आफ्नो कार्यकालमा ३ सय ६५ दिन नै कार्यक्रम गर्ने घोषणा गरेका छन् । सामाजिक सेवाको भावनासहित लायन्स क्लब अन्तर्गत जोडिएर विगत लामो समयदेखि सेवामूलक गतिविधिहरु गर्दैआएका पोखरेलले आफ्नो कार्यकालको अवधिमा प्रत्येक दिन एउटा सामाजिक काम गर्ने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्