विराटनगर १५ मा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता

<span class='c1'>विराटनगर १५ मा अन्तर</span> <span class='c2'>विद्यालय हाजिरी जवाफ प्रतियोगिता</span>

विराटनगर १६ असार । विराटनगरको दक्षिणीभेगका निजि अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १५ को आयोजना र वडास्तरिय वाल क्लबको संयोजनमा प्रतियोगिता सम्पन्न भएको हो ।
वडा कार्यालय परिसरमा सोमबार आयोजना गरिएको प्रतियोगितामा स्थानिय मनकामना इंगलिस बोर्डिङ स्कुल प्रथम भएको छ । यस्तै राइजिङ बोर्डिङ स्कुल दोश्रो र श्री ग्लोबल एकेडमी तेश्रो भएको छ । प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्ने विद्यालयले पुरस्कार स्वरुप नगद ६ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र हासिल गरेको छ । यस्तै दोश्रो हुनेले नगद ४ हजार ५ सय र तेश्रो हुनेले ३ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजयीलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र विराटनगर–१५ का वडाध्यक्ष असलम आलमले नगद सहितको पुरस्कार हस्तान्तण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्