विराटनगर बसपार्कमा हिँड्दा हिँड्दै महिलाले बच्चा जन्माईन्, स्थानीयको सहयोगले सुत्केरी अस्पतालमा

विराटनगर बसपार्कमा हिँड्दा हिँड्दै महिलाले बच्चा जन्माईन्, स्थानीयको सहयोगले सुत्केरी अस्पतालमा

                                                                                तस्विर: सन्तोषी श्रेष्ठको फेसबुकबाट

विराटनगर १६ असार । सोमबार बिहान ६ बजेको थियो, विराटनगर बसपार्कमा एक महिला प्रसव पीडामा छटपटाइरहेकी थिइन् । उनी थिइन् सुनसरीको इटहरी उपमहानगरपालिका–७ गैसारकी ३५ वर्षीय सालु सरदार ।
बच्चा जन्मिएका बेला आवश्यक पर्ने कपडा किन्न भारतको जोगवनी बजार जाने क्रममा विराटनगर बसपार्क आइपुगेपछि उनलाई प्रसव पीडाले च्यापेको हो । त्यही क्रममा उनले छोरा जन्माइन् । महिलाले खाली भूइँमै शिशु जन्माएको कुरा सुनेपछि स्थानीयको सडक मै भिड लाग्यो ।

सालुलाई नवजात शिशुसहित विराटनगर–११ जनपथकी सन्तोषी श्रेष्ठले प्रहरीसँग समन्वय गर्दै आफ्नो बा १६ च ३६७९ नम्बरको कारमा राखेर बिहान ६ बजे उद्दार गर्दै उपचारकालागि कोसी अस्पताल पु¥याइन् । प्रसव पीडाले छटपटाइरहेकी महिला सडकमै सुत्केरी भएपछि उद्दार गरेर अस्पताल पु¥याइएको श्रेष्ठको भनाई छ ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले खुल्ला ठाउँमा महिला सुत्केरी भएको सूचना प्राप्त भएपछि स्थानीयसँग समन्वय गर्दै सुत्केरी अवस्थाकी महिला र नवजात शिशुलाई उद्दार गरिएको बताए । महिलाले सडकमै बच्चा जन्माएर अप्ठेरोमा परेको जानकारी आएपछि स्थानीयको सहयोगमा प्रहरीले अस्पतालसम्म पुर्याएको अधिकारीले बताए ।

अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले सुत्केरी आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । उपचारमा संलग्न चिकित्सकका अनुसार शिशुको तौल २ दशमलव ७ किलोग्राम रहेको बुढाथोकीले बताए ।
सडकमै बच्चा जन्माउने सालुका पहिलो सन्तान छोरा १२ वर्षका छन् । दुई महिना अघि श्रीमान ४० वर्षीय राजकुमारको अचानक मृत्यु भएपछि घरमा छोरा र उनी मात्र थिईन् । पारिवारिक आर्थिक अवस्था एकदमै कमजोर रहेको र श्रीमान्को पनि मृत्यु भएपछि थप समस्यामा परेको सालुले बताइन् । उनले गर्भवती भएपछि अहिलेसम्म चेकजाँचका लागि कुनै पनि अस्पताल र स्वास्थ्य संस्था नगएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्