रंगेली बजारका मिष्ठान्न भण्डारमा मानविय स्वास्थ्यमा गम्भीर असर पार्ने खालका रंग हालेको फेला

रंगेली बजारका मिष्ठान्न भण्डारमा मानविय स्वास्थ्यमा गम्भीर असर पार्ने खालका रंग हालेको फेला

रबिन्द्र बराल
रंगेली, १७ असार । मोरङको रंगेली नगरपालिका बजारको अनुगमन गरिएको छ । प्रदेश नम्बर एकमा रहेको उद्योग, पर्यटन ,वन तथा वातावरण मन्त्रालय उद्योग वाणिज्य तथा उपभोक्त हित संरक्षण निर्देशनालय र घरेलु तथा साना उद्योग कार्यलयले बजार अनुगमन गरेको हो ।
रंगेली नगरपालिका भित्र रहेका किराना पसल, मिष्ठान्न, खाद्यान्न पसल, पेट्रोल पम्पको अनुगमन गरेको छ ।

टोलीले रंगेलीको मुख्य चोकमा रहेको धिरज किराना पसलमा अनुगमन गर्दा मुल्यसुचीमा स्पष्ट नदेखिएको, मुल्यसुची राखिएका पसलहरुमा पनि उपभोक्ताले नदेखिने गरि राखिएको तथा कागज पत्र समेत दुरुस्त नभएपछि तत्काल त्यसमा ध्याान दिन निर्देशन दिएको छ ।
अनुगमन टोलीले न्यु रुपा मिष्ठान्न भण्डारबाट मानविय स्वास्थ्यमा गम्भीर असर पार्नेखालका रंङ्गहरु प्रयोग गरिएको र म्याद सकिएका पेय पद्धार्थ फेला परेको अनुगमन टोलीका सदस्य गोकुल केसीले जानकारी दिए । सोही मिष्ठान्न भण्डारको भान्सा फोहोर पाईएपछि तत्काल सुधार नगरिए सिलबन्दी गर्ने चेतावनी दिएको छ । तयस्तै श्याम मिष्ठान्न भण्डारको भान्सालाई ब्यवस्थित गरि सुधान गर्न भनिएको केसीले बताए ।
अनुगमन टोलीले शुभम श्री पेट्रोल पम्पमा २४ घन्टा सार्वजनिक शौचालय खुल्ला राख्न निर्देशन दिएको छ । कान्तिपु फ्युल टेड्रर्स पम्पमा शौचालयको राम्रोसँग सरसफाइ नभएको पाईएपछि ध्यानाकर्षण गराएको छ । अनुगमन टोलीको नेतृत्व गोकुल केसीले गरेका थिए भने टोलीमा जिल्ला प्रशान कार्यलयका गोपाल धमला , नापतौल कार्यालयका प्रमोद यादव , खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका हरि पोख्रेल, उपभोक्ता मञ्चका बिनोदकुमार सुवेदी , अशोक राई र रंगेली नगरपालिकाका सत्यनारायण मण्डल लगायतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्