बिराटनगर असार १७ ।
लियो क्लब अफ बिराटनगर युनिकको अध्यक्षमा पेरिस सुबेदी चयन भएका छन् । सामाजिक कार्यमा अग्रसर रहेका युवा सुवेदी २०१९/२० का लागि क्लबको अध्यक्ष भएका हुन् । क्लबको उपाध्यक्षमा राहुल खान , कोषाधक्ष्यमा सदिक्षा भटराई र सेक्रेटरीमा प्रज्वल काफ्ले चयन भएका हुन् ।
उक्त क्लबबाट बिभिन्न समयमा बिपत परेको बेला साथै सामाजिक कार्यमा लगातार योगदान दिदै आएको छ । नयाँ कार्यकालमा पनि अझ सामाजिक काम गरेर अगाडी बढ्ने सुबेदीले बताए ।