पल्सर स्पोर्टस् अवार्ड आज हुँदै , बिभिन्न आठ विधामा अवार्ड वितरण हुने

पल्सर स्पोर्टस् अवार्ड आज हुँदै , बिभिन्न आठ विधामा अवार्ड वितरण हुने

काठमाडौं असार १८ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस् अवार्ड आज हुँदैछ ।

वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा, उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वाइज अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्ड गरी आठ विधामा आज अवार्ड वितरण हुँदैछ ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा दिउँसो साढे २ बजे अवार्ड कार्यक्रम सुरु हुँदै छ ।

वर्षभरि उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई पदक दिलाएका खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई अवार्डले सम्मान गर्न लागिएको हो ।

त्यस्तै, यसै वर्षदेखि अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ ।

यस पटक उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्ने छन् भने अन्य विधाका विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्