बिराटनगर असार १७,
"वर्ड विन्ङस् स्टुडेन्ट एम्बासेडर कार्यक्रम" बिराटनगरमा संचालनमा रहेको छ ।
नेक्सट टर्म एजुकेशन विराटनगरको मुख्य प्रायोजनमा आयोजना भएको "वर्ड विन्ङस् स्टुडेन्ट एम्बासेडर कार्यक्रम" मा विराटनगरका बिभिन्न कलेजका बिद्यार्थीलाई छनोट गरि एम्बासेडरको रूपमा चयन गरिएको थियो । उक्त बिद्यार्थीहरु बिभिन्न तालिम,गोष्ठी तथा कार्यक्रममा समावेश हुँदै आएका छन् । सोही कार्यक्रम मध्ये अहिले विराटनगरका शैक्षिक संस्थाहरुमा "वर्ड्स आउट्रीच प्रोग्राम्" हुँदै छ ।
मेरिल्यान्ड कलेज, केभिएम स्कूल्,सास्थम कलेज, अरनिको कलेज, नेपाल बिजनेस कलेज, हिमालय दर्शन कलेज, ग्यालेक्सी स्कूल लगायतका शैक्षिक संस्थाहरुमा कथा, कविता, स्ट्यान्डप कमेडि,गजल जस्ता साहित्यिक क्षेत्रमा युवा पुस्तालाई प्रोत्साहन गर्न जनचेतना मूलक कार्यक्रम को आयोजना भएको हो ।
एम्बासेडरहरु प्रेम पारख, रुसा चौहान्, मारिया हक, पृन्स अग्रवाल, सामर्थ झा, आशिश गुप्ता, प्रतिभा हजारी, दीप जैन, राहुल अग्रवाल, माझ अहमर र रक्षित शाहले कलेज क्याम्पेन संचालन गरिरहेका छन् ।