विराटनगरको रोडशेषबाट ५९ केजी चाँदी सहित भारतीय नागरिक पक्राउ

विराटनगरको रोडशेषबाट ५९ केजी चाँदी सहित भारतीय नागरिक पक्राउ

विराटनगर, १७ असार । विराटनगर ९ रोडशेष चोकबाट ५९ केजी चाँदी सहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
सोमबार साँझ रोडशेष चोकबाट भारत जोगबनी घर भएका २३ वर्षीय गौरव साहलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार नेपालबाट भारततर्फ गाडीमा राखेर लैजाँदै गर्दा मोरङ प्रहरीको विशेष टोलीले चाँदीसहित साहलाई पक्राउ गरेको हो । भारतीय नम्बर प्लेट बीआर ११ एके १७९१ को कारमा हालेर उक्त परिमाणको चाँदी भारत लगिँदै गर्दा पक्राउ गरिएको स्रोतले बतायो ।
स्रोतका अनुसार पक्राउ परेका साह गाडीका चालकमात्र हुन् । चाँदी कसको हो भन्नेबारेमा थप अनुसन्धान भईरहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्