जोगवनी नाका १५ दिनदेखि समस्यामा, भारतीय प्रशासनको अबरोध

<span class='c1'>जोगवनी नाका १५ दिनदेखि</span> <span class='c2'>समस्यामा, भारतीय प्रशासनको अबरोध</span>

विराटनगर, १७ असार ।
नेपाल–भारत सिमा क्षेत्र जोगवनी बिगत १५ दिनदेखि बिभिन्न नाममा अबरोध हुँदै आएको छ । भारतीय पक्षका केही नागरिक समाजका अगुवा भन्नेहरुले सडक स्तरोन्नती गर्नु पर्ने माग गर्दै जोगवनी नाका ठप्प पारे । त्यसको केही दिन पछि फेरी स्थानीयले अत्याधिक भिडभाड भयो भन्दै त्यहाँ सवारीका साधनहरुलाई ब्यवस्थित गराउन भने ।

त्यसलाई भारतीय प्रशासनले सुनुवाई गर्नेभन्दै स्थानीयसँग बार्ता गर्यो अनी जोगवानी का स्थानीयले आन्दोलन फिर्ता लिए । त्यसलाई सम्बोधन गर्नको लागि गत शुक्रबारदेखि नेपालले प्रयोग गर्दै आएको जोगबनीको रुटबाट खाली मालबाहक सवारी साधन लैजान रोक लगायो । त्यसले फेरी नेपाललाई नै माल वहाक सवारी सधान ओहोर दोहोरमा समस्या निम्त्यायो ।
जोगबनी नाकाबाट दैनिक ३ सय बढी मालवहाक सवारी साधनहरु आउजाउ गर्नेमा भारतीय पक्षले रोक लगाएपछि दैनिक ७ वटासम्म मात्र माल बहाक सवारीहरु नेपाल भित्रने गरेका छन् ।
सीमावर्ती भारतीय बजार जोगबनीको स्थानीय प्रशासनले नेपाल–भारत पारवहन सन्धी र बीबीआइएन पारवहन सन्धीविरुद्ध जोगबनी–विराटनगर नाकाबाट आवत–जावतमा रोक लगाएको हो । भारततर्फ अवरोध भएका कारण जोगवनी रेल्वे स्टेशनसम्म औद्योगिक कच्चा पदार्थ लिन मालबाहक सवारी साधनहरु जान पाएका छैनन् । खाली मालबाहक सवारी साधनलाई साँझ ७ बजे देखि ९ बजे दुई घण्टा मात्र जान दिएको छ । बाँकी सवारी साधनहरु सडकमै राख्ने गरेको बिराटनगर भन्सार कार्यालयले जनाएको छ ।
नेपालले पारवहनको सुविधा पाएको जोगबनी रुट भएर जाने खाली सवारी साधनलाई रोक अत्याबस्यक ईन्धन ढुवानी गर्ने सवारी सासधन पनि जान पाएका छैनन् । भारततर्फ फारबीसगञ्ज प्रशासनले परिपत्रनै पठाएर रोक लगाएको हो । परिपत्रमा जोगबनी बजारमा भएको जाम कम गर्नका लागि सवारी साधन रोक्नु परेको बताइएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
मोरङका प्मुख जिल्ला अधिकारी रमेशकुमार केसीले भारतीय पक्षले अप्ठेरो पार्ने खालको निर्णय गरेपछि त्यो बारेमा बसेर पटक पटक छलफल भएको बताए । ‘बिभिन्न बहानामा बिगत २ हप्तादेखि विराटनगर भन्सारमा समस्या हुँदै आएको छ, प्रमुख जिल्ला अधिकारी केसीले भने, भारतीय पक्षले आजदेखि सहज गर्छु भनेको छ, सायद भोलीदेखि केही समस्या समाधान होला ।’
आईसीपीबाट सवारी साधनहरु छुटाउने र जोगवनी नाकालाई लोड कम गर्ने बारेमा छलफल भएपनि आईसीपि निर्माण कम्पनीले भारतीय पराराष्ट्र मन्त्रालयको आदेश मागेपछि त्यो बिकल्प पनि तत्काललाई तुहिएको छ । आईसीपी निर्माण भएर पनि संचालन नहुने अनी जोगवनीमा भिड ब्यवस्थापनको लागि भन्दै स्थानिय प्रशासनले सवारी आउ जाउमा कडाई गर्न थालेपछि त्यसको असर नेपालमा पनि परेको हो ।
आर्थिक बर्षको मुखमा भएको असहजताले राजश्वमा त असर गर्छ नै अहज आवागमनको ब्यवस्था मिलाउने बारेमा भन्सार कार्यालयले भन्सार विभाग र बाणिज्य विभागलाई समस्याको बारेमा जानकारी गराईसकेको छ । समस्याका बिचिमा पनि रित्ता ईन्धन बोक्ने ट्याङ्करलाई पहिलो चरणमा पठाउन भनिएको र भोलीदेखि सहज भएको अबस्थामा मालवहाक सवारीहरुलाई पनि ब्यवस्थित गर्दै पठाईने प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्