प्रदेश १ को महिला पत्रकार भेला सकियो, महिला मैत्री संचारगृहको माग

<span class='c1'>प्रदेश १ को महिला पत्रकार भेला</span> <span class='c2'>सकियो, महिला मैत्री संचारगृहको माग</span>

विराटनगर, १७ जेठ ।
नेपाल पत्रकार महासंघको आयोजनामा भएको पत्रकार महिलाको भेला धनकुटामा सम्पन्न भएको छ । यही असार १६ र १७ गते पाख्रिवासमा भएको भेलाले ४ बुँदे घोषणा पत्र जारी गरेको छ ।

घोषणा पत्रमा महिला पत्रकारको पेशागत सुरक्षा, महिलालाई संचारमाध्यामा पहुँच बढाउनु पर्ने, महिला पत्रकारहरुले संचालन गरेको संचार माध्यामलाई सहुलियत सहयोग गर्न भेलाले माग गरेको छ । त्यस्तै समाचार प्रकाशन तथा बिषयबस्तुहरु आउँदा समावेशी रुपमा समेटिनु पर्ने माग पनि भेलाले गरेको छ ।
प्रदेश भित्रका ८० जना महिला पत्रकारहरुको भेलाले महिला मैत्री सचारगृहको नभएको बिषय पनि उठेको छ ।
महिला भेलामा सुनसरी, मोङ र झापाका क्रियाशिल ३ जना महिला पत्रकारलाई सम्मानित गरिएको छ । सम्मानित हुनेहरुमा धरानकी गंगा बराल, बिराटनगरकी ललिता भट्टराई र झापाकी ईन्दु पुर्बेलीलाई रहेको महासंघ महासचिव बिबेक गौतमले बताए ।
सुचना आयोगकी आयुक्त यशोदा तिमल्सिनाले सुचनाको हक र महिलाको अबस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिईन् । त्यस्तै महिलाको पत्रकारको अबस्था चुनौती र सहभागीताको बारेमा समेत भेलामा छलफल भएको प्रदेश पत्रकार महासंघका अध्यक्ष बिक्रम लुईटेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्