मेगा बैकको एक शाखा, एक बालिका छात्रावृति योजना

मेगा बैकको एक शाखा, एक बालिका छात्रावृति योजना

विराटनगर १८ असार । मेगा बैकले सरकारी विद्यालयमा अध्ययनरत छात्रालाई प्रत्येक शाखाले शैक्षिक सामाग्री र छात्रावृति प्रदान गरेको छ ।
नेपाल भरी रहेका १ सय २ वटा शाखाले १ सय २ बालिकालाई छात्रावृति प्रदान गर्ने गरेको हो ।


यसैविच विराटनगरमा रहेका २ वटा शाखाले २ जना छात्रालाई शैक्षिक सामाग्री र छात्रावृति प्रदान गरेको छ । विराटनगर देवकोटा चोकमा रहेको शाखा कार्यालयले महेन्द्र माविकी काजल पासवानलाई छात्रावृति प्रदान गरेको छ । त्यसैगरी जलजला चोकमा रहेका शाखाले आर्दश माध्मीक विद्यालयमा अध्ययनरत ऋतु कुमारी मण्डललाई छात्रावृती अन्र्तगत स्कुल पोशाक, व्याग , कपि , पेन्सिल र डटपेन र खाजा खर्च प्रदान गरेको मेगा बैंकले जनााएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्