भारतीय प्रशासनको अबरोधले विराटनगरमा ईन्धनको अभाव

भारतीय प्रशासनको अबरोधले  विराटनगरमा ईन्धनको अभाव

विराटनगर, १८ असार ।
विराटनगरमा ईन्धनको अभाव शुरु भएको छ । भारतीय प्रशासनले नेपालमा सामान ल्याएर फर्किने सवारी साधनलाई कडाई गर्दै सवारीका साधनहरु आउजाउमा समय तोकेपछि नेपालमा ईन्धनको अभाव शुरु भएको हो ।

ईन्धनका गाडीहरु बुधवार मात्र भारत तर्फ गएको नेपाल आयल निगम प्रदेश कार्यालय बिराटनगरले जनाएको छ । सहज वितरण हुँदासम्म चलखेल नहुने भएपनि ईन्धनको अभाव शुरु भएसँगै पम्पहरुले पेट्रोल र डिजेल बाँड्न छाडेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले ३६ बढी ईन्धन बोक्ने ट्याङ्करलाई प्राथमिकतामा राखेर पठाउने काम भएको जानकारी दिए । तर भारतीय पक्षले मालबहाक सवारीका साधनहरुलाई आउजाउमा असहज बनाउँदा त्यसको असर बिराटनगरका बजारमा ईन्धनमा देखिन थालेको बताए ।

ईन्धनको अभाव शुरु भएसँगै पेट्रोल पम्पहरुमा मोटरसाईकलका लाईन लाग्न थालेका छन् भने धेरै पम्पहरुले ईन्धन नभएको भन्दै बन्द गराएका छन् ।

ईन्धनको अभाव हुने संकेत देखिने बितिकै बिराटनगरमा ईन्धनको चेलखेल शुरु भएको छ । स्टक गर्नका लागि ग्यालेन तथा ठुला ड्रमहरुमा उठाएर लग्ने क्रम समेत शुरु भएको उपभोक्ताले आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्