विराटनगर महानगरपालिका खुल्ला दिसामुक्त घोषणा

विराटनगर महानगरपालिका खुल्ला दिसामुक्त घोषणा

विराटनगर, १८ असार ।
विराटनगर महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको छ । महानगरपालिका भित्रका सबै घरमा शौचालय निर्माण भए संगै बुधवारवाट एक कार्यक्रमको अयोजना गरी खुल्ला दिसामुक्त घोषणा गरिएको हो ।
नगरको संरचनामा समेत फेरवदल भएसंगै विराटनगर महानगरकामा गाभिएका वडा नम्बर १८ र १९ लाई समेत बुधवार खुल्ला दिशामुक्त वडा घोषणा गरेपछि विराटनगर महानगर पूर्ण रुपमा खुल्लादिसामुक्त क्षेत्र घोषणा भएको हो ।

यसअघि महानगरपालिका भित्रका अन्य वडाका सबै घरधुरीमा चर्पी निर्माण भईसकेको महानगरको दाबी छ । वडा नम्बर १८ का २ हजार २ सय ५६ घरधुरीमा चर्पी निर्माण भएको छ भने १९ का २ हजार ९ सय ५१ घरमा नै चर्पी निर्माण गरेपछि महानगरका सबै वडामा चर्पी निर्माण भएको हो । अब महानगर भित्रका १९ वटै वडाका ५३ हजार ५ घरधुरीमा चर्पीको पहुच पुगेको छ ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश १ का प्रदेश प्रमुख डा। गोविन्दबहादुर तुम्बाहाङले खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएकोमा धन्यवाद दिँदै सरसफाईको कामलाई निरन्तरता दिन जोड दिनुभयो ।
विराटनगर महानगरका मेयर भीम पराजुलीले खुल्ला दिसामुक्त क्षेत्र बनाउने कुरा त्यती सहज नभएपनि लामो प्रयास र सवैको सहयोगमा सम्भव भएको बताउनु भयो । उहाँले खुल्ला दिसामुक्त अभियानलाई पूर्णता दिन दीर्घकालिन योजना बनाएर अगाडी बढ्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले मोरङ जिल्लालाई नै खुल्ला दिशामुक्त बनाउने अभियान अनुरुप कार्यहरु अगाडि बढाइएको बताउनु भयो ।
कार्यक्रममा महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले सबैको साथ र सहयोगले विराटनगरलाई सुन्दर सफा र हरियाली बनाउन कुनै कसर बाँकी नराख्ने बताउनु भयो । सोही अबसरमा खुल्ला दिसामुक्त क्षेत्र अभियानमा काम गर्ने विभिन्न संस्थाहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा विराटनगर महानगरमा प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी, नेकपा जिल्ला सदस्य शारदा मैनाली , संयुक्त टोल विकास समन्वय समितिका संयोजक राजेश मास्के ,समाजवादीका पार्टीका मो।नसरुल लगायतले महानगरको सरसफाईको अबस्थाको बारेमा धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्